स्वास्थ्य

कोरोनाको चपेटा झनझन बढ्दै, अहिलेसम्म ४२,१५१ को मृत्यु

काठमाडौँ । आज अप्रिल १, २०२० । नोभेम्बरदेखि मार्चको अन्त्यसम्मको यो समयभित्र चीनको वुहान शहरबाट सुरु भएको कोरोनाभाइरसका कारण ४२,१५१ जनाको ज्यान गएको छ । 

वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार अहिलेसम्म विश्वका २०२ मुलुक र २ अन्तर्राष्ट्रिय ढुवानीमा गरेर ८,५८,६६९ जना संक्रमित रहेको र कोरोनाभाइरस जित्नेको संख्या १,७८,०९९ पुगेका छन् ।

अहिले भाइरस संक्रमित देशहरुमा ६,३८,४१९ सक्रिय घटना र बन्द घटना २,२०,२५० रहेका छन् ।

भाइरसको संक्रमण अमेरिकामा युद्धस्तरमा फैलिएको छ । अहिलेसम्म १,८८,५३० जना संक्रमित भएका छन भने ३,८८९ जनाको मृत्यु भएको छ । तर मृतकको दर हेर्ने हो भने इटलीले बेहोर्नुपरेको छ । अहिलेसम्म १२,४८२ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १,०५,७९२ पुगेका छन् ।

कोरोनाबाट क्रमशः स्पेन, फ्रान्स, चीन, इरान, यूके, नेदरल्याण्ड बढी चपेटामा परेका छन् ।

भाइरसले यो महामारी रूप लिँदा वैश्विक ध्यान उहितर्फ केन्द्रित छन् । जन र अर्थतन्त्र डामाडोल छ भने प्रायः देश लकडाउनमा छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत