स्वास्थ्य

चीनको वुहानबाट उम्रेको कोरोनाले ३९,०४४ को ज्यान लियो

काठमाडौँ । चीनको वुहान शहरबाट उम्रेको कोरोनाभाइरसले अहिलेसम्म विश्वका २०१ मुलुक र २ अन्तर्राष्ट्रिय ढुवानीमा गरेर ३९,०४४ जनाको ज्यान लिएको छ ।

वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा जानकारी अनुसार अहिलेसम्म ३९,०४४ जनाको मृत्यु भएको छ । यस्तै भाइरसको संक्रमण ८,०३,५४१ जनामा पुगिसकेको र निको भएर घर फर्कनेको संख्यापनि १,७२,४२६ पुगेको छ ।

इन्फोका अनुसार अहिलेसम्म विश्वमा ५,९२,०७१ सक्रिय घटना रहेको र बन्द घटनाहरु २,११,४७० रहेको छ ।

पछिल्लो तथ्यांक अनुसार सबैभन्दा बढी मृतक देशहरुमा क्रमशः इटलीमा ११,५९१, स्पेनमा ८,१८९, चीनमा ३,३०५, अमेरिकामा ३,१७७, फ्रान्समा ३,०२४, इरानमा २,८९८, यूकेमा १,४०८, नेदरल्याण्डमा १,०३९ जनाको मृत्यु भइसकेको छ ।

भाइरसले यो उग्र रुप लिँदा सम्पूर्ण देशहरु विभिन्न रणनीतिका साथ प्रकोपसँग भिडिरहेका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत