विश्व

बैज्ञानिकले भने- समाजले हात मिलाउन र अंगालाे हाल्न बन्द गर्नेछन्

लण्डन । कोरोनाभाइरसको महामारीले विश्वमा जनको मात्र विनाश गरिरहेको छैन, यसले वैश्विक अर्थतन्त्र त चौपट पारेकै छ त्यसमा पनि मानिसको व्यवहारमा पनि प्रभाव पार्दैछ ।

बैज्ञानिकले शोधमा यहि कुराको संकेत गरेका छन् ।

महामारीका कारण सामाजिक दूरी बढिरहेको छ । मानिसहरु एक अर्काको नजिक जानबाट बचिरहेका छन् । हात मिलाउनु र अंगालो हाल्न अब प्रायः बन्द भएको छ । मानिसको यो परिवर्तित व्यवहारलाई लिएर बैज्ञानिकले चेतावनी दिएका छन कि केही वर्षपछि समाजबाट हात मिलाउन र अंगालो जस्ता सामाजिक परम्परा लोप हुन सक्छन् ।

बैज्ञानिकका अनुसार, डेलिगेशन, बिजनेस मीटिंग र कन्फरेन्समा लामो समयसम्म हात मिलाइरहने राजनीतिज्ञ र कारोबारीले यसको विकल्प खोज्नेछन् । शरीरमा भएको भाइरसलाई मार्नको लागि तथा कपडासँगै साथसाथै आसपासको चिजलाई सफाइ गर्नमा अधिक ध्यान दिइनेछ । माग बढेपछि सेनिटाइजर जस्ता पदार्थको बिक्री बढ्नेछ र जुन महँगो पनि हुनेछ ।

६ महिना पछि नै हामी यो बानी बनाउनेछौँ

नटिङ्घम ट्रेन्ट युनिभर्सिटीमा सामाजिक विज्ञानका प्राध्यापक रोबर्ट डिंगवालका अनुसार, ‘यूकेमा ६ महिना या त्यो भन्दा बढी समयको लागि सोशल डिस्टेन्सलाई पालना गर्ने देखिन्छ । यसपछि यो बानी हाम्रो दिनचार्य हुनेछ । फेरी हाम्रो ध्यान लामो समयसम्म हात मिलाउनुभन्दा बढी समय हात धुनमा हुनेछ । यो हाम्रो बानी हुनेछ । हाम्रो सोच बदलिने छ । कुनै बिमारीको आशंकाले हामी हात मिलाउन र अंकमाल गर्नबाट बच्नेछौँ ।’

पूर्व अमेरिकन सोशोलोजिकल एसोसिएशनका प्रेसिडेन्ट जो फ्यागिनले भने, ‘मलाई त्यस्तो लाग्दैन कि सोशल डिस्टेन्स लामो समयसम्म हुन्छ भनेर । तर यो मी टू जस्तो अभियानका कारण पहिलेदेखि नै बढेको थियो । हामी परिचितसँग शायदै ६ फीटको दूरीमा जहिल्यै रह्यौँ, तर हामी ५ महिना पहिले जस्तो नजिक हुन सक्दैनौँ । यसले नराम्रो नगर्ला, तर यदि यो डेढवर्ष आसपास पुगेमा यसले हाम्रो व्यवहारमा परिवर्तन ल्याउने संभावना बढी छ ।’ एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत