स्वास्थ्य

कोरोनाभाइरसबाट अमेरिका सबैभन्दा धेरै संक्रमित, विश्वमा ३७,८१५ जनाको मृत्यु

काठमाडौँ । कोरोनाभाइरसका कारण मृतकको संख्या २०० देश र २ इन्टरनेशनल कन्भेन्स (अन्तर्राष्ट्रिय ढुवानी) मा ३७,८१५ पुगेको छ । 

वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसको यो समाचार तयार पार्दासम्मको तथ्यांक अनुसार भाइरस संक्रमणबाट अहिलेसम्म संक्रमित हुनेको संख्या बढेर ७,८५,७७७ पुगेको छ । यसमा अमेरिका सबैभन्दा बढी संक्रमित देश बन्न पुगेको छ । अहिलेसम्म त्यहाँ १,६४,२५३ जनामा संक्रमण पुगेको छ भने मृतकको संख्या पनि बढेर ३,१६५ पुगेको छ । 

इन्फोका अनुसार भाइरसलाई पछार्नेको अर्थात रोगबाट निको हुनेको संख्यापनि बढेर १,६५,६०७ पुगेको जनाएको छ ।

भाइरसले इटलीलाई नराम्रोसँग धक्का दिएको छ । अहिलेसम्म इटलीमा ११,५९१ जनाको मृत्यु भइसकेको छ । यस्तै संक्रमितको संख्यापनि १,०१,७३९ पुगेको छ । स्पेनमा अहिलेसम्म ७,७१६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ८७,९५६ पुगेको छ ।

चीनमा मृत्युदर घटेको छ । अहिलेसम्म त्यहाँ ३,३०५ जनाको मृत्यु भएको छ भने ८१,५१८ जना संक्रमित छन् । फ्रान्समा ३,०२४ जनाको मृत्यु भएको छ भने ४४,५५० मा संक्रमण छ । इरानमा मृतक संख्या २,७५७ पुगेको छ भने संक्रमितको संख्या ४१,४९५ छ । यस्तै बेलायतमा मृतकको संख्या १,४०८ छ भने संक्रमितको संख्या २२,१४४ छ ।

यता भारतमा अहिलेसम्म ३२ जनाले ज्यान गुमाएका छन भने १,२५१ जना संक्रमित भएका छन् । नेपालमा पनि ५ जनामा संक्रमण देखिएको छ । दुबै देश लकडाउनमा छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत