स्वास्थ्य

२०१ देशमा कोरोनाभाइरसले ३५ हजारको ज्यान लियो

काठमाडौँ । कोरोनाभाइरसका कारण मृतकको संख्या १९९ देश र २ अन्तर्राष्ट्रिय कन्भिनेन्स गरी (२०१ देश) मा बढ्दै गएको छ । 

वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसको यो समाचार तयार पार्दासम्मको तथ्यांक अनुसार भाइरस संक्रमणबाट अहिलेसम्म ३५,००० जनाले ज्यान गुमाएका छन् । यस्तै संक्रमित हुनेको संख्या बढेर ७,३७,५७७ पुगेको र निको हुनेको संख्यापनि बढेर १,५६,२९५ पुगेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा स्पेनमा थप ५३७ जनाले ज्यान गुमाएका छन जुन विश्वमै आजको धेरै मृत्युसँख्या हो । इरानमा ११७ जनाको मृत्यु भएको छ । महामारीको चपेटामा इटली पहिलो र स्पेन दोश्रो पीडित मुलुक बनेको छ । अहिलेसम्म इटलीमा १०,७७९ र स्पेनमा ७,३४० जनाको मृत्यु भइसकेको छ । 

कोरोनाभाइरसको चपेटाले विश्वलाई अहिले लकडाउनको अवस्थामा पुर्याएको छ । सबै राष्ट्रहरू भाइरससँग जुध्न विभिन्न तयारीमा जुटेका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत