स्वास्थ्य

कोरोना अपडेट : अहिलेसम्म ३३,९८२ जनाले ज्यान गुमाए

काठमाडौँ । कोरोनाभाइरसलाई जितेर सामान्य जीवनतर्फ आउनेको संख्या बढ्दै गएको छ भने उता संक्रमितको संख्यापनि १९९ देश र २ अन्तर्राष्ट्रिय कन्भिनेन्स गरी (२०१ देश) मा बढ्दै गएको छ । 

वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसको यो समाचार तयार पार्दासम्मको तथ्यांक अनुसार भाइरस संक्रमणबाट अहिलेसम्म ३३,९८२ जनाले ज्यान गुमाएका छन् । यस्तै संक्रमित हुनेको संख्या बढेर ७,२२,४६४ पुगेको र निको हुनेको संख्यापनि बढेर १,५१,७९३ पुगेको जनाएको छ ।

भाइरसको संक्रमित संख्या सबैभन्दा बढी अहिले अमेरिकामा देखिएको छ जहाँ १,४२,१७८ जना संक्रमित भएका छन् । २०१ देशमध्ये इटलीमा अहिलेसम्म १०,७७९ जनाले ज्यान गुमाएका छन् । यस्तै दोस्रो चपेटामा स्पेन परेको छ जहाँ ६,८०३ जनाले ज्यान गुमाइसकेका छन् ।

यस्तै तेस्रो चपेटाको मुलुक चीनमा ३,३०४ जनाको मृत्यु भएको छ । इरानमा २,६४०, फ्रान्समा २,६०६, अमेरिकामा अहिलेसम्म २,४८४ र बेलायतमा १,२२८ जनाको मृत्यु भएको छ । अन्य स्थानमा ३,२ र १ डिजिटमा मृत्युसँख्या छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत