प्रेरणा

पिताले भने- ‘छोरा मलाई माफ गर’

बच्चाको अन्तिम संस्कारमा पनि सामेल हुन पाएनन बोर्डरमा तैनाथ हवलदार पिता, भिडियोकलमा अन्तिम दर्शन

तस्विरः भास्कर डटकम ।

छत्तिसगढ, भारत । देशको बोर्डरमा हवलदार पिता, माइलौँ टाढा परिवार । कोरोना र लकडाउनले एक पितालाई यति विवस बनाइदियो कि उनले सानो बच्चाको अन्तिम यात्रामा पनि सामेल हुन सकेनन् । भिडियो कलमा अन्तिम पटक हेरे र विलौना पोखे । उनले भने, ‘लभ यू बेटा, मुझे माफ करना ।’ अर्थात- धेरै माया छोरा, मलाई माफ गर । यो दृश्य हेरिरहेका जो कोहिको आँखामा आँसु थामिएन ।

घोटपाल गाउँमा बस्ने राजकुमार नेताम एसएसबीमा हवल्दार हुन् । उनी यो समयमा नेपाल बोर्डरमा ड्युटीमा थिए । राजकुमार १४ वर्षदेखि परिवारसँग टाढा रहेर देशको सेवा गरिरहेका थिए । उनका दुई छोरी छन, आदित्य (१ वर्ष) एकमात्र छोरा थिए । आदित्य केहीमहिनाबाट ट्यूमरको समस्यासँग जुधिरहेका थिए । जनवरीमा छोराको उपचारको लागि राजकुमार घोटपाल आएका थिए । छोरालाई लिएर उनी हैदरावाद पनि गए । आदित्य निको भएका थिए, तर बुधबार उनको स्वास्थ्य अचानक बिग्रियो, उनलाई जिल्लाको अस्पताल लगेपनि बचाउन सकेनन् । बिहिबार उनको निधन भयो ।

राजकुमारलाई जब छोराको अवस्था बिग्रिएको थाहा पाए तब उनी घर जान धेरै कोशिष गरे । तर लकडाउनले सम्भव भएन । अर्कोदिन छोराको मृत्युको खबर सुने उनले । भाष्कर डटकमको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत