स्वास्थ्य

खुसीको समाचारः कोरोनाभाइरसलाई जितेर १,४३,८७० जना घर फर्के

काठमाडौँ । १९९ देशमा फैलिएको महामारी कोरोनाभाइरसलाई जितेर १,४३,८७० जना घर फर्केको खुसीको समाचार छ ।

वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार याे समाचार तयार पार्दासम्म भाइरसका कारण ३१,१९१ जनाको मृत्यु भएको छ भने ६,७२,०८६ व्यक्ति संक्रमित भएका छन् ।

चीनको वुहान शहरबाट सुरु भएको कोरोनाभाइरसले इटलीलाई नराम्ररी गाँजेको छ । अहिलेसम्म त्यहाँ १०,०२३ जनाको मृत्यु भएको छ भने ९२,४७२ मा संक्रमण फैलिएको छ । उता लकडाउन नभएको देश अमेरिकामा कोरोनाभाइरसको संक्रमित संख्या विश्वकै सबैभन्दा बढी १,२३,७८१ व्यक्तिमा पुगेको छ ।

विश्वका सरकार अहिले कोरोनाभाइरससँगको लडाइँमा उत्रिएका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत