स्वास्थ्य

चीनभन्दा पहिले इटलीमा पाइएको थियो निमोनियाको अनौठो घटना, बैज्ञानिकको दावी- त्यो कोरोनाभाइरस हुन सक्छ

वाशिङ्गटन । संसारमा महामारी घोषित भएकाे कोरोनाभाइरसलाई लिएर बैज्ञानिकले यो दावी गरेका छन् कि चीनभन्दा पहिले नै गत नोभेम्बरमा इटलीका एक बिरामीमा निमोनियाको अनौठो घटना देखिएको थियो । यसको मलतलव यो हुन्छ कि अघिल्लो डिसेम्बरमा चीनमा कोरोनाभाइरसको बारेमा थाहा हुनुभन्दा अगाडि नै यो भाइरस अर्को देशको केही भागमा घुमिरहेको थियो ।

चीनको न्यूज एजेन्सी सिन्हवाका अनुसार, द लेसेंट पेपरमा नेशनल पब्लिक रेडियोका सह-लेखक गिउसेपी रेमुजीको रिपोर्टमा भनिएको छ— २१ फेब्रुअरी भाइरसको प्रकोप खुलासा भएपछि इटलीमा सुरक्षाको व्यवस्थापन गर्ने भन्ने कुरा बहसमा आएको थियो ।

रेमुजीले भने कि उनीहरु डाक्टरसँग यसको बारेमा सुनिरहेका थिए । रिपोर्टमा रेमुजीले लेखे, ‘मलाई याद छ कि वृद्धहरुमा अनौठो निमोनिया नोभेम्बर-डिसेम्बरमा देखिएको थियो । यसको मतलव भाइरस कम से कम लोम्बार्डी (उत्तरी क्षेत्रमा) घूमिरहेको थियो, जबकि अहिलेसम्म चीनमा भएको प्रकोप भनेर चर्चा गरिरहेका थियौँ ।’

इटलीले जनरल हस्पिटल कोरोनासेन्टरमा बदल्यो, यो दुनियाँको लागि सबक
रेमुजीका अनुसार अन्य देशले इटलीबाट धेरैकुरा सिक्न सक्छन् । छिट्टोगरी सबै जनरल हस्पिटलहरु कोरोनासेन्टरमा बदलीदियो । इटलीमा अहिलेसम्म ५,४७६ जनाको मृत्यु भइसकेको छ भने ५९,१३८ संक्रमित छन् । पछिल्लो समयमा इटलीको मृत्युदर चीनको भन्दा ३० प्रतिशत बढी छ । यसकारण वैश्विक स्थानमा यो देश भाइरसबाट अधिक प्रभावित बनेको छ ।

चीनमा भ्याक्सिनको क्लिनिकल ट्रायल शुरु
चीनमा कोरोनाभाइरस भ्याक्सिनलाई पहिलो चरणमा क्लिनिकल ट्रायल सुरु गरिएको छ । यसैमा संसारभरका बैज्ञानिक लागिपरेका छन् । चीनका बैज्ञानिकले १६ मार्च भ्याक्सिनको परीक्षण सुरुवात गरे । सोही दिन अमेरिकी स्वास्थ्य अधिकारीले घोषणा गरेका थिए कि उनीहरुले सिएटलमा कोरोनाभाइरसको भ्याक्सिनको परीक्षण सुरु गरे । चीनको क्लिनिकल ट्रायल रजिष्टरमा भएको दस्तावेज अनुसार क्लिनिकल ट्रायल यही वर्षको अन्तिममा बजारमा आउनेछ । प्रोजेक्टमा सामेल एक सदस्यले आइतबार भने— १०८ जनामा भ्याक्सिन दिन सुरु गरिएको छ । यसलाई १८ देखि ६० वर्ष उमेर समूहमा बाँडिएको छ । उनीहरुलाई फरक फरक डोज दिइनेछ । सबै वुहान शहरका हुन् ।’

अमेरिकालाई भ्याक्सिन बनाउन डेढ वर्ष लाग्नेछ
संसारभर कोरोनाभाइरसको औषधि बनाउन लागिरहेका छन् । अमेरिकामा यो भ्याक्सिन बनाउन समय लाग्ने बताइएको छ । अमेरिकास्थित गिलियड साइन्सेजले रेमेडिसवीर नामको एक एन्टिभाइरल ड्रग बनाएको छ र यसको परीक्षण एशियाली देशमा अन्तिम चरणमा छ । चीनका डाक्टरले रेमेडिसवीर यो विरामीसँग लड्नको लागि मद्धतकारी सावित भएको बताएका छन् ।

स्मरण रहोस, कोरोनाभाइरसका कारण मृतकको संख्या विश्वभर बढिरहेको छ । भाइरसको कारण इटलीले ठूलो चपेटाको सामना गरिरहेको छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत