स्वास्थ्य

१९२ देशमा कोरोनाभाइरस, संक्रमणबाट निको हुनेको संख्या बढ्दै

काठमाडौँ । कोरोनाभाइरस (कोभिड-१९) विश्वका १९२ मुलुकहरुमा छिरिसकेको छ । आजैमात्र नेपालमा थप एकजना संक्रमित पत्ता लागेको छ । 

अहिलेसम्म, यो समाचार तयार पार्दासम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १४,९२५ पुगेको छ । साथै संक्रमितको संख्या ३,४५,२९२ पुगेका छन् । भाइरसबाट निको हुनेको संख्यापनि बढेर ९९,५४१ पुगेको वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसले जनाएको छ ।

महामारीको चपेटाले इटलीलाई नराम्ररी थेचारेको छ । विश्वजगत भाइरस नियन्त्रणमा एकजुट भएर लागिपरेका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत