गाउँ सहर

सरकार ! काेरानाबाट संक्रमित भएकी युवतिसँगै विमानमा आएका अन्य यात्रीको पहिचान, खाेजी तत्काल गरियाेस्

काठमाडाैं ।  नेपालमा कोराना भाइरस (कोभिड १९) को बिरामी भेटिएको छ । फ्रान्सबाट फर्केका नेपाली नागरिकलाई कोरोना भाइरस पोजेटिभ भेटिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक विद्यार्थी भएको जानकारी मन्त्रायलले सोमवार मध्याह्ण आकस्मिक प्रेस सम्मेलन गरेर दिएको हो। 

चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो आएको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जानकारी दिए । कोरोना कसलाई लागेको हो उनको नाम सार्वजनिक गरिएको छैन ।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अहिलेसम्म झन्डै ६०० वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

पीसीआर विधिबाट गरिएको परीक्षणमा तीमध्ये दुईवटामा कोरोनाभाइरस भएको पुष्टि भएको हो।

मन्त्रालयले फ्रान्सबाट फर्केका नागरिकसँग भेटिएका अन्य व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिएको छ । उनको सम्पर्कमा आएका सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको पनि मन्त्री ढकालले जानकारी दिए। उनी १९ वर्षीया युवती रहेको र अस्पतालमा उपचाररत रहेको पनि उनले जानकारी दिए ।

उनको सम्पर्कमा आएका सबैलाई खोजेर क्वारन्टीनमा राख्ने प्रयास भइरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले बताए । उनीसँगै विमानमा आएका अन्य यात्रीको पहिचान गर्ने प्रयास भइरहेको उनको भनाइ छ।

मन्त्री ढकालले सरकारले अत्यावश्यक सेवा बाहेकका सबै कामहरु बन्द गरेर जनतालाई आ–आफ्ना घरभित्र बस्न र बाहिर अनावश्यक भिडभाड नगर्न गरेको आग्रहलाई पालना गर्न अनुरोध गरेका छन् ।

 

गाउँ सहर डेस्क

तपाईँको मत