स्वास्थ्य

१९२ देशमा कोरोनाभाइरसः अहिलेसम्म १४,६४७ को मृत्यु, इटलीकाे अवस्था भयावह

काठमाडौँ । विश्वका १९२ देशमा कोरोनाभाइरस फैलिसकेको छ । यो समाचार तयार पार्दासम्म १४,६४७ जनाको मृत्यु भइसकेको छ । 

वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार विश्वमा भाइरसबाट संक्रमितको संख्या ३,३७,४४२ पुगेको छ भने रिकभर्ड संख्या ९८,६२७ पुगेका छन् ।

कोरोनाभाइरसले सबैभन्दा बढी चपेटामा इटलीलाई पारेको छ । अहिलेसम्म त्यहाँ ५,४७६ जनाको मृत्यु भइसकेको छ । दोस्रोमा भाइरसस्थल चीन जहाँ मृतकको संख्या ३२७० छ ।

त्यस्तै स्पेनमा १,७७२, इरानमा १,६८५, फ्रान्समा ६४७, यूएसएमा ४१९, यूकेमा २८१, नेदरल्याण्डमा १७९ यी धेरै मृतक देशहरु हुन् ।

विश्वव्यापी महामारीले यो रुप लिँदा विश्व चिन्तित बनेको छ । सुरक्षाका लागि वैश्विक देशहरुले एक अर्काको सहयोगलाई बढवा दिएका छन् ।
 

गाउँ सहर डेस्क

तपाईँको मत