स्वास्थ्य

‘काेराेना संकटका यी चार महानायकहरू’

[डाक्टर, शोधकर्ता, स्वास्थ्यकर्ता र भोलेन्टियर्स जो २४ सै घण्टा सेवामा लागिरहेका छन, जसको प्रयासलाई लिएर संसारभरमै चर्चा]

काठमाडौँ । कोरोनाभाइरस अहिलेसम्म १८६ देशमा फैलिसकेको छ । अहिलेसम्म ११,४२३ जनाको मृत्यु भइसकेको छ भने २,७७,०५५ संक्रमित भएका छन् । अहिलेसम्म भाइरस संक्रमणबाट निको भएर ९१,९८६ जना घर फर्कन सफल भएका छन् । विश्व स्वास्थ्य संगठनले यस प्रकोपलाई महामारी घोषित गरिसकेको छ । यो भाइरसको उत्पति चीनको वुहान शहरबाट भएको थियो ।

भाइरसको बारेमा जागरुकता दिने यी चार व्यक्तिमध्ये एकजना संसारमा छैनन् । यीनको प्रयासले कोरोनाभाइरसबाट लड्न मद्धत मिलेको छ । संसारले अहिले यीनै व्यक्तिको सराहना गरिरहेको छ । 

चेतावनी दिने पहिलो व्हिसल ब्लोअरः डा. ली वेंगलियांग, वुहान सेन्ट्रल हस्पिटल मा नेत्र विशेषज्ञ थिए

३४ वर्षका डा. ली वेंगलियांग चीनमा कोरोनाभाइरसको बारेमा जानकारी दिने र सरकारको रवैया विरुद्ध आवाज उठाउने पहिलो व्यक्ति थिए । उनी अहिले यो संसारमा छैनन् । गत ३१ डिसेम्बरमा उनले लोकप्रिय चिनीयाँ सोशियल मिडिया प्लेटफर्म वीच्याटमा भाइरसको बारेमा जनतालाई चेतावनी दिएका थिए । यसपछि उनलाई पुलिसले एक पत्रमा हस्ताक्षर गर्न भने । उनीमाथी अफवाह फैलाएको आरोप लगाइएको थियो । र मुख बन्द गर्न भनिएको थियो । तर  डा. ली ले आफ्नो काम जारी राखे । उनी विरामीको उपचारमा तल्लीन रहे साथै मानिसलाई यो विरामीको बारेमा जागरुक पनि बनाउन लागिपरे ।

डा. ली ले संक्रमणलाई गम्भीरताका साथ सम्झाए, उनलाई लाग्यो कि सार्सजस्तो कुनै भाइरस, जो मानिसबाट मानिसमा फैलिएको थियो, दोस्रोपटक पुन आएको थियो । डा. ली ले सात यस्ता मामला हेरेका थिए जसमा सार्सजस्तै कुनै भाइरसको लक्षढा थियो । ३१ जनवरीमा डा. ली ले न्यूयोर्क टाइम्सका एक पत्रकारलाई अन्तर्वार्ता दिएका थिए । उनले भनेका थिए कि उनलाई १० जनवरीबाट घाँटीमा खसखस सुरु भएको थियो ।

पहिलो डाक्टर जसले भाइरसको बारेमा बताइन्ः डा. जहांग जियांग, श्वसनतन्त्र विशेषज्ञ हुन्

नोवेल कोरोनाभाइरस पत्ता लगाउने ५४ वर्षकी डा. जहांग जियांग संसारकै पहिलो डाक्टर हुन् । २६ डिसेम्बरमा हस्पिटलमा रेस्पिरेटरी तथा क्रिटिकल केयर डिपार्टमेन्टकी निर्देशक डा. जहांगले चार विरामीमा एकै किसिमको लक्षण पाइन् । उनले सबै विरामीमा निमोनिया र फोक्सोमा एकै किसीमको संक्रमण देखिन् । उनीहरु एकै परिवारका थिए । दोश्रो दिन उनकोमा तीन विरामी उही प्रकृतिका देखापरे । उनी छक्क परिन र अनुसन्धान सुरु गरिन् ।  उनले तुरुन्त अस्पतालको अर्को विभागमा सूचीत गरिन, भनिन— यो कुनै सामान्य विरामी होइन ।

२७ डिसेम्बरमा डा. जहांगले चीनी स्वास्थ्य अधिकारीलाई नयाँ विरामी कोरोनाभइरस फैलिरहेको छ भनेर भनिन् । डा. जहांगको कुरा आएपछि चिनीयाँ सोशियल मिडियामा हिरो बनेकी थिइन् । उनी सार्स भाइरससँग लड्ने टिममा सामेल थिइन् । उनले भनिन्— त्यो समयको प्रशिक्षण यो समय काम आयो ।

त्योबेला इबोलाको अन्त, अहिले कोरोना ड्रग टेस्टः चेन वुई, जीवाणुविज्ञानी, द इन्स्टिच्यूट अफ बायोइन्जिनियरिंग

५४ वर्षिया चेन वुई चीनको शिर्ष सैन्य जैव-युद्ध विशेषज्ञ हुन् । उनी द इन्स्टिच्यूट अफ बायोइन्जिनियरिंग, अकाडेमी अफ मिलिट्री मेडिकल साइन्सेसमा बैज्ञानिक पनि छिन् । चीनी मिडियाका अनुसार चेन र उनको टिमले कोरोनाभाइरससँग लड्नको लागि भ्याक्सीन विकसित गरेका छन् । उनी २६ जनवरीबाट यो भ्याक्सीनमा काम गरिरहेकी थिइन् । सरकारले उनलाई क्लिनीकल ट्रायलको अनुमति पनि दिएको छ । चेनका अनुसार यदी परीक्षण सफल भए कोरोनाभाइरसविरुद्धको यो पहिलो भ्याक्सीन हुनेछ ।

एनको रिसर्च पेपरले बदल्यो पूरै रणनीतिः नील फर्गुसन, महामारी विशेषज्ञ, इम्पेरियर कलेज, लण्डन

५२ वर्षका नील फर्गुसनले बिटिस सरकारलाई चेतावनी दिएका थिए कि यदी थप कदम नउठाए एक्लै ब्रिटेनमा मात्रै २ लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु हुनसक्छ । नीलले कोरोनाभाइरसलाई नजिकबाट नियाल्दै थिए र पछिल्लो दुई महिनामा सो भाइरसमा रिसर्च पेपर पनि लेखिरहेका थिए । नीलको पेपर पछि ब्रिटिस सरकारले कोभिड-१९ सँग लड्नको लागि रणनीति बदलेको थियो । यसपछि ब्रिटेनमा वर्क फ्रम होम शुरु भयो । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत