विश्व

कोरोना सन्देशः अस्ट्रियाका पाइलटले एयरक्राफ्टबाट आकासमा ‘स्टे होम’ लेखेर अपील गरे, भने- बाँच्नु जरुरी छ

भियना । अस्ट्रियाका एक पाइलटले कोरोनाभाइरस महामारीको समयमा घरमा बस्न सम्झाउनको लागि आकासमा डिजिटल स्काई राइटिंगबाट ‘स्टे होम’ सन्देश लेखे ।

वेबसाइट फ्लाइटराडर २४ का अनुसार, ‘स्टे होम’ लेख्नको लागि पाइलटले फ्लाइट राडरको प्रयोग गरे । पाइलटले भियनाबाट ५० मिल टाढा विनर नेस्टाइडको एयरपोर्टबाट सोमबारको उडान भरेका थिए ।

केवल ‘स्टे होम’ को सन्देश लेख्नको लागि उसलाई २४ मिनेट लागेको थियो । अस्ट्रियामा बिहिबारसम्म १८४३ कोरोना मामला आएका छन् ।

पाइलटको नाम उल्लेख छैन । उनले जनतालाई जागरुक गराउन उक्त कार्य गरेको बताएका छन् । उनले भनेका छन्— कोरोना महामारीबाट बच्नु जरुरी छ । संक्रमित हुनबाट बच्नु पर्दछ । मैले द लाइट एयरक्राफ्ट डायमण्ड डीए ४० बाट उडान भरेको थिएँ । केवल २४ मिनेटमा मैले यो लेखेँ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत