स्वास्थ्य

१७६ देशमा कोरोनाभाइरसः अहिलेसम्म ९,३५७ को मृत्यु

काठमाडौँ । संसारका १७६ देशमा कोरोनाभाइरसका कारण अहिलेसम्म ९,३५७ को मृत्यु भएको छ भने संक्रमितको संख्या २,२८,६८६ पुगेको छ । यस्तै निको भएर ८६,२५४ घर फर्किएको वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसले जनाएको छ ।

आज भाइरसले सबैभन्दा बढी ज्यान स्पेनमा लिएको छ । आज स्पेनमा १६५ को मृत्यु भएको छ । यस्तै आज इरानमा १४९ थपको मृत्यु भएको छ । चीनमा ८, जर्मनीमा १४, अमेरिकामा १०, नेदरल्याण्डमा १८ र अन्य देशमा सिंगल डिजीटमा मृत्यु भएको छ ।

अहिलेसम्म चीनपछि मृत्युको संख्या इटलीमा बढी छ । बढी मृत्यु भएका देशमा क्रमशः चीनमा अहिलेसम्म ३,२४५ पुगेको छ भने इटलीमा २,९७८ मृत्युसँख्या छ । यस्तै इरानमा १,२८४, स्पेनमा ८०३, फ्रान्समा २६४ र अमेरिकामा १६० जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरससँग जुध्न विश्वले साम, दाम, दण्ड र भेदको प्रयोग गरिरहेका छन् । 
 

गाउँ सहर डेस्क

तपाईँको मत