स्वास्थ्य

कोरोनाबारे चीनीयाँ शोधकर्ताको नयाँ खुलासा; ‘ल्यावमा बनेको होइन’

  • एजेन्सी
  • ६ चैत बिहीबार, २०७६ | १४:४९:०० मा प्रकाशित

चीन । कोरोनाभाइरसको उत्पतिलाई लिएर चीनीयाँ शोधकर्ताले नयाँ खुलासा गरेका छन् । नेचर मेडिसिन जर्नलमा प्रकाशित शोधका अनुसार, महामारी प्रमाणित भएपछि चीनीयाँ बैज्ञानिकले कोरोनाभाइरस (सार्स-कोभ-२) को जीनोम सिक्वेन्सको अनुसन्धान गरे । रिपोर्टमा भाइरस प्रकृतिमा आएको परिवर्तनको परिणाम हो जुन वुहान शहरबाट संसारभर फैलिएको बताइएको छ । यसलाई न कुनै ल्याबमा तयार गरिएको हो न त्यस्तो कुनै प्रमाण प्राप्त भएको छ ।

अनुसन्धानका यी खुलासा

शोधकर्ता क्रिस्टियन एन्डरसनका अनुसार, नयाँ कोरोनाभाइरसको जीनोम सिक्वेन्सको मिलान अहिलेसम्म भएको तथ्याँकबाट गरियो, जसबाट स्पष्ट भयो कि यो प्राकृतिक प्रक्रियाको परिणाम हो । रिपोर्टका अनुसार, कोरोनाको सम्बन्ध भाइरसको एक यस्तो ठूलो समूहसँग छ जो संसारभरका मानिसलाई गम्भीर रुपबाट प्रभावित गर्न सक्दछ ।

शोधकर्ताका अनुसार, जीनोम सिक्वेन्स (जेनेटिक मेटेरियल) जाँचको समयमा भाइरसको आवरण र यसमा भएको प्रोटिन (स्पाइक प्रोटिन) लाई जाँचियो । भाइरसमा मानिस र जनावरको छालामा हुने फरकपना छुट्याउने क्षमतालाई पनि पहिचान गरे ।

शोधकर्ताका अनुसार, कोरोनामा भएको स्पाइक प्रोटिन अर्को भाइरसभन्दा बढी शक्तिशाली छ । यसले मानिसको ति कोशिकालाई लक्ष्यमा पार्दछ जो उच्च रक्तचापलाई नियन्त्रण गर्दछ । यसकारण मानिसमा यो झनै खतरनाक छ । क्रिस्टियन एन्डरसन भन्छन्, ‘कोरोनाको संरचना पनि अघिल्ला प्रकारभन्दा फरक छन् ।’ स्पाइक प्रोटिन र संरचना, यही दुई कुरा हुन जसले भाइरसलाई शक्तिशाल प्रमाणित गर्दछ ।

शोधकर्ताका अनुसार, यदी नयाँ कोरोनाभाइरस कुनै जनावरबाट मानिसमा पुग्दछ तब आउने समयमा खतरा बढ्न सक्छ । जनावरमा भएको भाइरस उसको पछिल्ला पीढिमा जानसक्छ ।

अनुसन्धानमा सिड्नी यूनिर्भसिटी (एडवर्ड होल्म्स), एडिनबर्ग यूनिर्भसिटी (रोबर्ट एफ गैरे) र कोलम्बिया यूनिर्भसिटी (डब्लू लिप्किन) का शोधकर्ता सामेल छन् । चीन सरकारका अनुसार कोभिड-१९ को समस्या मानवमा देखिएपछि एक अर्कामा फैलन शुरुवात भयो ।

कोरोनाकै रुप सार्स सन् २००३ मा महामारीको रुपमा फैलिएको थियो । दोस्रोपटक सन् २०१२ मा साउदी अरबमा मेर्सको महामारी फैलियो । ३१ डिसेम्बर २०१९ मा चीनी सरकारले डब्लूएचओलाई भाइरस फैलने जानकारी दिएको थियो जसको नाम सार्स-कोभ-२ राखिएको थियो ।

२० फेब्रुअरी २०२० सम्म १६७,५०० नयाँ केश रेकर्ड भएका छन् ।

एजेन्सी

तपाईँको मत