दृष्‍टिकोण

एक परिवारलाई १५ वटा ग्यास बेच्न बन्द गरियाेस्, सरकारले अब यी काम गरोस् !

काठमाडौँ । समाचार तयार पार्दासम्मको समयमा कोरोनाभाइरस विश्वका १७३ मुलुकमा फैलिसकेको छ । आजकै दिन संसारमा ३० जनाको थप मृत्यु भएको छ भने अहिलेसम्म भाइरसको चपेटामा परी ८,९६३ जनाले ज्यान गुमाएका छन् । प्रभाव पुगेका देशमा २१९,१०२ जना संक्रमित छन् । तर खुसीको कुरा निको भएर घर फर्कनेको संख्यापनि बढेर ८५,६७३ पुगेको छ ।

चीनको वुहानबाट उत्पती भएको कोरोनाभाइरसले चीनमा ३,२४५ जनाको ज्यान लगेको छ । त्यसपछि भाइरसको दोस्रो चपेटामा इटली पर्यो । अहिलेसम्म २,९७८ जनाको मृत्यु भइसकेको छ । तेस्रो चपेटामा परेको देश ईरानमा अहिलेसम्म १,१३५ जनाको मृत्यु भइसकेको छ भने चौथो देश स्पेनमा ६३८ जनाले ज्यान गुमाएका छन् ।

यस्तै फ्रान्समा २६४, अमेरिकामा १५४, यूकेमा १०४, दक्षिण कोरियामा ९१ जनाको मृत्यु भएको छ । अन्य देशहरुमा मृतक संख्या अलिक डबल डिजीटमा छ । ४६ देशमा मृत्युको संख्या सिंगल डिजीटमा छ ।

कोरोनाभाइरस यहाँ पुग्दैन भन्नु गलत हुने डब्लूएचओको अपिलसँगै सजगताको स्तर अझै बढाउनुपर्ने देखिएको छ । नपुगेको ठाऊँमा झनै सुरक्षा त पुगेको ठाउँमा नफैलिओस भनेर झनै सुरक्षा र उपचारका सामाग्री पुर्याउनुपर्ने दायित्व थपिएको छ । व्यक्तिले सक्दैन, राज्यले सक्नुपर्छ । राज्यले नसक्दा सहयोग लिएर भएपनि भाइरस जित्नुको कुनै बिकल्प छैन ।

भाइरसको आक्रमणपश्चात विश्व लकडाउन भएको छ । स्वास्थीय अवस्था बिग्रँदा अर्थतन्त्रका आयामहरु करिब ठप्प भएको छ । दैनिक गुजारा चलाउनेदेखि उद्योगपति र राज्य संचालकमा नपरेको मर्का परेको छ । सबैको जीवन नै हो जसरी पनि चलाउनै पर्छ । सबैलाई आ-आफ्नै ठाउँमा गाह्रो छ ।

पैसा, सामान, उपकरण सबैकुराको अभावमा भाइरसलाई नजितिन्जेल जीवन चलाउनुपर्ने देखिएको छ । यसले वैश्विक अर्थतन्त्र कङ्गाल नबनाउने कुरै भएन । क्षणिक समय भए त जसोतसो गरौँला तर यो समयसीमा लम्बिन गयो भने के गर्ने ? अमेरिकादेखि नेपालसम्म र एक व्यक्तिसम्मको अनुत्तरित प्रश्नले दिमाग घोचिरहेको छ । 

नेपाल सरकारले यी कुरामा अब केन्द्रित हुनुपर्छ

  • सरकारले आजबाट सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गरेको छ । अब ति स्थानमा निरन्तर स्प्रेदेखि अत्यावश्यकीय वस्तुको उपलब्धतामा ध्यान दिनुपर्छ । यसमा संस्थाका प्रतिनिधिको पनि उत्तिकै दायित्व हुन्छ ।
  • चोक, गल्ली, सिनेमाहल, सार्वजनिक स्थान, बाटो, यातायातका साधन, फोहोर डम्पिङ्ग स्थल, व्यापारिक मल, घर आदि लगायतका स्थानहरुमा संक्रमण फैलन नदिन र उत्पति हुन नदिन स्प्रे लगायत सरसफाइका कार्यक्रम निरन्तर गर्ने÷गराउनु अपरिहार्य छ ।
  • देश बाहिरबाट हवाई वा स्थल मार्गबाट आउने व्यक्तिलाई अनिवार्य रुपमा प्रतिबन्ध सरकारले लगाएको त छ तर अनुगमन बढाउनु जरुरी छ । भित्रिनेहरुको पनि नियमभित्र रहेर क्वारेन्टाइन र उच्चस्तरको स्वास्थ्य परीक्षणको निरन्तरता दिनु अपरिहार्य छ । 
  • स्थलमार्गमा उच्चस्तरको स्वास्थ्य डेस्क र खबरदारी अपरिहार्य गर्नुपर्छ । यदी एकजनाको मात्र हेलचेक्राइँले सम्पूर्णको जीवनमा असहजता ल्याउन सक्दछ ।
  • मायाले गर्दा लुकिछिपी बाहिरको मान्छेलाई प्रवेश गराउने कार्य बन्द गरिनुपर्छ । केही समय सहनशक्तिको विकास गर्नु अनिवार्य छ ।
  • भाइरसबाट सुरक्षाको लागि व्यक्तिले नसके सरकारको पूर्ण सहयोग हुनुपर्छ जसले गर्दा जनताको मनोबल गिर्दैन र रोगसँग लड्ने क्षमताको विकास हुन्छ ।
  • दैनिक र अत्यावस्यीकय वस्तुको कालोबजारी गर्नेमाथि कडा कारबाही र नियन्त्रण र नियमन गरिनु जरुरी छ । वस्तुको उपलब्धतामा कुनै कमी सरकारको तर्फबाट गरिनु हुँदैन ।
  • केहीदिनको समयमा आवश्यकता भन्दा बढी सामान एकैजनालाई बिक्री गर्न नदिनु हाम्रो मुख्य काम हो । नत्र सक्नेले एकै परिवारले १५ वटासम्म ग्यास लगेको हामीले देखेका छौँ । किन दिने ? अरु १५ परिवारलाई त्यो ग्यास बाढौँ । अरु सामानमा पनि निरन्तर निगरानी बढाऔँ ।
  • यो दोस्रोपटक आत्मनिर्भरताको पाठ सिक्ने मौका हो, यसलाई भरपूर उपयोग गरौँ ।
  • स्वास्थ्य संस्था, औषधि र जनशक्तिमा कुनैपनि कमी हुन नदेउ सरकार । जसले गर्दा संक्रमितहरु अस्पताल जानबाट नरोकिउन् । सेवा पाउनबाट बञ्चित नहुन् ।
  • पेट्राेलियममा भिडकाे अवस्था किन ? उब्जेकाे नियत दुरूस्त पारियाेस् ।
  • मौकामा चौका हान्नेको निरन्तर निरीक्षण गरौँ जसले गर्दा सबैकुरा सहज हुन्छ । माैका आउँछ पर्खंदैन, बगेकाे खाेला फर्कंदैन ।

गाउँ सहर डेस्क

तपाईँको मत