स्वास्थ्य

कोरोना १६२ देशमाः पाकिस्तानमा १ सहित विश्वभर ७,१७७ जनाको मृत्यु

काठमाडौँ । यो समाचार तयार पार्दासम्म कोरोनाभाइरस प्रकोपका कारण विश्वका १६२ देशमा ७,१७७ जनाको मृत्यु भएको छ ।

नेपालको छिमेकी पाकिस्तानमा पनि भाइरसले एक जनाको ज्यान लिएको खबर छ । भारतमा ३ जनाको मृत्यु भइसकेको छ भने १२५ जना संक्रमित संख्या पुगेको छ ।

वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार १६२ देशमा अहिलेसम्म कोरोनाभाइरसबाट संक्रमितको संख्या १,८३,३१९ पुगेको छ भने उपचारपछि घर फर्कनेको संख्या ७९,९०८ पुगेका छन् । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत