गाउँ सहर

कोरोनाभाइरसको असर : चीनमा बढ्यो सम्बन्ध विच्छेद, इटलीमा इन्टरनेट ट्राफिक बढ्यो

बेइजिङ्ग, रोम । कोरोनाभाइरसका कारण पछिल्लो समय सम्बन्ध विच्छेदका घटना वृद्धि हुन थालेका छन् । चीनको सिचुआन प्रान्तमा यो महिना ३०० बढी दम्पतिले पारापाचुके दर्ता गराएका छन् । मीडिया रिपोर्टसका अनुसार कोरोनाभाइरसका कारण बढी मानिसहरु घरमा कैद छन् । यसले पति-पत्नीमा विवादका घटनामा वृद्धि गराएको छ । यसैले गर्दा सम्बन्ध विच्छेदको अवस्था आउन थालेको हो ।

डाझोउ इलाका विवाह दर्ताका व्यवस्थापक लु शिजुनले भने— सैकडौँ दम्पति सम्बन्ध विच्छेदको विचारमा छन् । अहिलेसम्म धेरै सँख्यामा विच्छेदको लागि दर्ता भएका छन् । सम्बन्ध विच्छेद गर्नेहरु धेरैको पति-पत्नी धेरै समय घरमा बस्दा भन्ने कारण छ । तर अधिकारीका अनुसार कोरोनाभाइरसको कारण एक महिनासम्म अफिस बन्द भए । यहिकारण सम्बन्ध विच्छेदका पेन्डिङ्ग केश छन् ।

इन्टरनेट कनेक्शनको माग
उता इटलीमा मानिसहरु घेरामा कैद छन् । कारण कोरोनाभाइरसको प्रकोपले यहाँपनि सताएको छ । यहीकारण इन्टरनेटको उपयोगमा ७० प्रतिशतले वृद्धि भएको छ । मानिसहरु वेवसिरीज, अनलाइन गेम खेलेर समय बिताउँछन् । इटली टेलिकम कम्पनीका अनुसार देशमा इन्टरनेट कनेक्शनको माग बढेको छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत