दृष्‍टिकोण

१५७ देशमा कोरोनाः प्रकोपले जीवन र अर्थतन्त्र थप असन्तुलित बनाउँदै

काठमाडौँ । समाचार तयार पार्दासम्म कोरोनाभाइरस १५७ देशमा प्रवेश गरिसकेको छ । 

भाइरस उत्पतिको देश चीनमा संक्रमित हुनेको संख्या र मृत्यु स्वात्तै घटेको छ भने यो प्रकोपले इटलीलाई अहिले ह्वात्तै सताइरहेको छ ।

वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरका अनुसार अहिलेसम्म विश्वमा १,६९,६१० जनामा संक्रमण र अहिलेसम्म ६,५१८ जनाको मृत्यु भइसकेको छ । तर भाइरसलाई जितेर ७७,७७६ जना घर फर्किएका पनि छन् ।

नेपालको छिमेकी भारतमा पनि ११० जना संक्रमित छन भने २ जनाको मृत्यु भइसकेको छ । यो हिसावले पनि, संक्रमित नभएपनि नेपालमा धेरै कुराहरुमा असन्तुलन देखिन थालेको छ ।

कोरोनाभाइरसका कारण अहिले विश्व अत्ताल्लिएको छ । युद्धस्तरमा भाइरसलाई जित्ने औषधिमा होमिएको चिकित्सकको टिमले मानवलाई सो भ्याक्सीन प्रयोग गर्ने समाचारसँगै विश्वले थोरै राहतको अनुभूति गरेका छन् ।

भाइरसको असरले अभावका दिनहरु सामना गर्नुपरेको छ । शेयरबजार, अत्यावश्यकीय वस्तु, पेट्रोलियम, औषधि, पर्यटन, होटल, बैंक, शिक्षा, उद्योग र अन्य सबै क्षेत्रमा यो भाइरसको प्रभाव परिसकेको छ । सबैतिर मन्दीको अवस्था देखिएको छ । मानिसहरु आत्तिएका छन, जोहो गर्न लागिपरेका छन र त्यसले बजार असन्तुलन बनाइरहेको छ ।

कोरोनाभाइरसको आर्थिक जोखिम स्वास्थ्यको भन्दा ठूलो पर्ने अवस्था छ । जीवन र जगत चलाउने बजार असन्तुलित हुँदै जानु भनेको पक्कैपनि राम्रो संकेत होइन, जुन भाइरसभन्दा डरलाग्दो हुने अनुमान वैश्विक अर्थशास्त्रीले गरिसकेका छन् । 

गाउँ सहर डेस्क

तपाईँको मत