स्वास्थ्य

अढाई करोड जनसँख्या भएको चीनको छिमेकी ताइवानले हरायो कोरोनाभाइरसलाई, केही सिकौँ

काठमाडाैँ । चीनको नजिकको छिमेकी देश ताइवानले कोरोनाभाइरसबाट बच्नको लागि यस्तो कदम उठायो, जसले संसारलाई केही कुरा सिक्न प्रेरित गर्दछ ।

चीनको वुहान शहरबाट कोरोनाभाइरस फैलिएको थियो । त्यहाँबाट ताइवान १३० किमी टाढा छ । जब बुहानमा कोरोनाभाइरस फैलियो, तब कुनै व्यक्ति चीनबाट लूनर न्यू इयर मनाएर ताइवान फर्किएका थिए । सोही समयमा दैनिक चीनबाट २ हजार पर्यटक ताइवान आइरहेको थिए । यसको बावजूद ताइवानमा अहिलेसम्म केवल ५० मामला आएका छन् । यसमध्ये एकजनाको मृत्यु भएको थियो । ताइवानको जनसँख्या २.३० करोड छ ।

चीनमा ३१ डिसेम्बर वुहानमा निमोनियाको विरामी भएको बतायो । यसैक्रममा ताइवानले एयरपोर्टमा यात्रीको गहन जाँच शुरु गर्यो । अस्पतालमा उपचारको पुरा व्यवस्था गर्यो । ताइवानले २००३ को सार्स संक्रमणबाट सिकेको थियो ।

ताइवानमा पहिलो मुद्धा २१ जनवरीमा आएको थियो, १२४ एक्शन टीम तैनाथ गरिएको थियो । चीनबाट आउने यात्रुलाई रोक लगाएको थियो । वुहानबाट आएका ति व्यक्तिहरुमा जरिवाना लगायो, जसले फ्लू लूकाए ।

मास्कको निर्यात रोक्यो । टिभी, रेडियो च्यानलमा कोरोनाभाइरसबाट बच्नको लागि हरेक घण्टा सन्देश जारी गर्यो । सार्वजनिक स्थानमा सेनिटाइजर राख्यो । स्कुलमा विद्यार्थीलाई प्लाष्टिकको डिवाइडर दिइएको थियो, जसको घेरामा बच्चा पढ्दथे । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत