स्वास्थ्य

कोरोना १५३ देशमा, फ्रान्सकी उपमन्त्रीलाई पनि छाडेन, अहिलेसम्म ५,८३९ को मृत्यु

काठमाडौँ । कोरोनाभाइरसको ज्यादती थामिएको छैन । चरैतिर फैलिसकेको छ । अहिलेसम्म ५,८३९ जनाको मृत्यु भइसकेको छ ।

वर्ल्डओमिटर्स डट इन्फोकोरोनाभाइरका अनुसार अहिलेसम्म कोरोना १५३ देशमा फैलिसकेको छ भने १,५७,१२० जनामा संक्रमण भएको पुष्टि भएको छ । साथै अहिलेसम्म रिकभर भएर ७५,९३९ घर फर्केका छन् । 

उता फ्रान्सकी उपमन्त्री ब्रून पायरसनलाई कोरोनाभाइरस पोजेटिभ पाइएको छ । भाइरसको चपेटामा परेकी उनी दोस्रो मन्त्री हुन् । योभन्दा अघि स्पेनका प्रधानमन्त्री पेड्रो सांचजकी श्रीमती डोनालाई पनि पोजेटिभ पाइएको थियो । एजेन्सीको सहयोगमा ।
 

गाउँ सहर डेस्क

तपाईँको मत