स्वास्थ्य

कोरोनाभाइरसले भारतमा दुई जनाको ज्यान लियो, अहिलेसम्म ५,४३६ काे मृत्यु

नयाँ दिल्ली । भारतमा शुक्रबार कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ । 

दिल्लीमा संक्रमणको शिकार भएकी ६९ वर्षिया महिलाको मृत्यु भएको हो ।

योसहित भारतमा मृतकको संख्या दुई पुगेको छ । 

यसभन्दा अघि ७६ वर्षिय वृद्धको मृत्यु भएको थियो ।

दिल्ली सरकारले कोरोनाभाइरसलाई महामारी घोषित गरेको छ । संक्रमण फैलन नदिनका लागि स्कूल तथा कलेज र सिनेमा हल ३१ मार्चसम्म बन्द गरेको छ । अहिलेसम्म भारतमा ८२ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका १४५ देशमा कोरोनाभाइरस छिरिसकेको जसमा १४५,८१० संक्रमित, ५,४३६ को मृत्यु भएको छ भने ७२,५३० जना निको भएको खबर छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत