स्वास्थ्य

१२४ देशमा कोरोनाः अहिलेसम्म ४६ सय बढीको ज्यान लियो, चीनमा स्वाटै घट्यो मृत्युदर

काठमाडौँ । कोरोनाभाइरसबाट विश्वभर ४ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ । वर्ल्डओमिटर डट इन्फोकोरोनाभाइरसको ताजा आंकडा अनुसार १ लाख २६ हजार ६ सय ४३ संक्रमणको शिकारमा परेको बताइएको छ । इन्फोका अनुसार भाइरस अहिलेसम्म १२४ देशमा भित्रिसकेको छ ।

तर, ऐजेन्सीका अनुसार चीनमा भने कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या निरन्तर घट्दै सिंगल डिजीटमा आइपुगेको छ । बुधबार ८ मात्र नयाँ मामला आएको छ । चीनको हेल्थ कमिशनका अनुसार बुधबार १५ वटा नयाँ मामला आए भने ११ जनाको मृत्यु भएको थियो ।

यस्तै भारतमा अहिलेसम्म ७३ जना संक्रमित पाइएको छ । दक्षिण कोरियामा २४ घण्टामा ११४ नयाँ मामला आएमध्ये ५ जनाको मृत्यु भएको छ । देशमा अहिलेसम्म ७,८६९ संक्रमित पुगेका छन् भने ६६ जनाको मृत्यु भएको छ । 

उता इटलीमा १२,४६२ संक्रमितमा ८२७ जनाको मृत्यु भएको छ । सरकारले पुरै देश मंगलबारबाट लकडाउन गरेको छ । यस्तै फ्रान्समा ४८ जनाको मृत्यु भइसकेको छ भने अमेरिकामा ३८ जनाको मृत्यु भएको छ ।

विश्व स्वास्थय संगठनले बुधबार कोरोनाभाइरस महामारी घोषित गरेको छ । उसले अन्तर्राष्ट्रिय समुदायसँग् महामारी रोक्नको लागि आक्रमक कारवाही गर्न अपील पनि गरेको छ ।

यता नेपालमा ४५० जनाको स्वास्थ्य परीक्षण गर्दा संक्रमण नपाएको स्वास्थ्य मन्त्रालयले बताएको छ । तर,  आशंकामा टेकुको शुक्रराज ट्रपिकलमा ४ जना र २ जना पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने, ‘हालसम्म ४५० जनामा कोरोना भाइरस परीक्षण भइसकेको छ, उनले भने, ‘तीमध्ये एकजनामा मात्रै कोरोना पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएका बिरामी अहिले ठीक भइसकेका छन् ।’

गाउँ सहर डेस्क

तपाईँको मत