पूर्वाधार

पुरुषको तुलनामा महिला र बच्चामा कोरोनाभाइरसको असर कम

  • एजेन्सी
  • २७ फाल्गुण मंगलबार, २०७६ | १७:४८:०० मा प्रकाशित

चीन । पुरुषको तुलनामा महिला र बच्चामा कोरोनाभाइरसको असर कम देखिएको छ । मृतकको आंकडामा महिला र बच्चाको संख्या कम छ ।

चाइनिज सेन्टर्स अफ डिजीज कन्ट्रोलले गरेको अध्ययनमा महिला र बच्चाको मृत्युको कम संख्या निकालेको हो ।

कोरोनाभाइरसबाट संक्रमित ४४ हजारमा गरिएको यो अध्ययनमा २.८ प्रतिशत पुरुष र १.७ प्रतिशत महिलाको मृत्यु भएको अध्ययनमा भनिएको छ ।

उमेरको कुरा गर्ने हो भने भाइरस संक्रमित ०.२ प्रतिशत बच्चा र किशोरको मृत्यु भएको थियो । त्यहिँ ८० वर्षभन्दा बढी उमेरका १५ प्रतिशतको मृत्यु भयो ।

यो अध्ययनलाई मान्ने हो भने महिला र बच्चामा कोरोनाभाइरस हुने डर कम हुन्छ । 
 

एजेन्सी

तपाईँको मत