गाउँ सहर

तेलको मूल्यमा भारी गिरावट : नेपाललाई फाइदा, भारतमा पानीभन्दा तेल सस्तो ! 

किन अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आइरहेको छ ?

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आएको छ । सन् १९९१ को पहिलो खाडी युद्धपछि कच्चा तेलको मूल्यमा यो सबैभन्दा ठूलो गिरावट हो । यसको कारण रुसको तर्फबाट पेट्रोलियम पदार्थ निर्यात गर्ने राष्ट्रहरुको संगठन (ओपेक) देशसँग तेल उत्पादन कटौतिमा सहमति नबन्दा साउदी अरबले मूल्य युद्धको प्रहार गर्यो ।

साउदी अरबले कच्चा तेलको मूल्यमा भारी कटौतिको घोषणा गरेको छ । साउदीको यो घोषणापछि अन्तर्राष्ट्रिय बजारमा तेलको भाउमा ३० प्रतिशतसम्म गिरावट आएको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २९ वर्षयता पहिलोपटक उच्च दरमा घटेको छ । 

रोयटर्सका अनुसार ब्रेन्ट एलसीओसीएल क्रुड फ्युचर प्रतिब्यारेल २७ प्रतिशतले घटेर ३५.५ डलरमा झरेको छ । त्यस्तै, अमेरिकी वेस्ट टेक्सास इन्टरमेडिएट (डब्ल्यूटीआई) कच्चा तेल पनि २७ प्रतिशतले घटेर प्रतिब्यारेल ३२.३० डलर कायम भएको छ । 

साउदीले यस्तो किन गर्यो ?
संसारभर कोरोनाभाइरसका कारण कच्चा तेलको मूल्यमा आएको गिरावट रोक्नको लागि ओपेक र सहयोगी देश तेल उत्पादनमा दैनिक करिब १.५ मिलियन ब्यारेल कटौतिको योजना बनाइरहेका थिए । तर रुसले यो कुरामा सहमति दिएन ।

यसपछि विश्वका सबैभन्दा बढी तेल उत्पादन गर्ने देश साउदी अरबले आइतबार कच्चा तेलको मूल्यमा कटौतिको घोषणा गर्यो । रोयटर्सको रिपोर्ट अनुसार साउदी अरबले कच्चा तेलको मूल्यमा २० वर्षको सबैभन्दा ठूलो कटौति गर्यो । साउदीले अप्रिल डेलिभरीमा सबै देशको लागि कच्चा तेलको मूल्यमा ६ देखि ८ डरल प्रति ब्यारेलको कटौति गरेको छ ।

भारतीय बजारमा असर
एक ब्यारेलमा १५९ लिटर तेल हुन्छ । यसप्रकार गिरावट आएको मूल्य अनुसार भारतमा एक लिटर तेल १३-१४ रुपैयाँमा आउने छ । जबकी पानी १ लिटर बोतलको मूल्य नै २० रुपैयाँ छ । प्राइस वार र कोरोनाभाइरसको प्रकोपको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा सोमबार ९ मार्चमा ३० प्रतिशतको गिरावट आएको छ । मल्टी कमोडिटी अर्थात एमसीएक्समा कच्चा तेलको मार्च अनुबन्धमा ९९७ रुपैयाँ अर्थात ३१.५६ प्रतिशतको गिरावटसँगै २१,६२ डलर प्रति ब्यारेलमा कारोबार चलिरहेको थियो ।

अहिले भारतमा ७१ रुपैयाँभन्दा तल आएको छ । दिल्लीमा ७०.८३ रुपैयाँमा प्रति लिटर पेट्रोल पाइरहेको त्यहाँका संचारमाध्यमले जनाएका छन् । भारतीय बजारमा कच्चा तेलको मूल्य २,२०० रुपैयाँ प्रति ब्यारेलभन्दा तल आएको छ ।

नेपालमा मंगलबारको निगम मूल्य अनुसार, प्रति लिटर पेट्रोल १०६ देखि १०८ रुपैयाँसम्म, डिजेल ९५ देखि ९७ सम्म र मट्टितेल ९५ देखि ९७ सम्म, एभिएसन फ्यूल १००० लि., जेट फ्यूल ९४.५० केएल र ग्यास प्रति सिलिन्डर १३५५-१३७५ सम्म रहेको छ । तेल उत्पादकले भाउ घटाएपछि नेपालमा पनि भारी मात्रामा तेलको भाउ घट्ने छ ।

गाउँ सहर डेस्क

तपाईँको मत