स्वास्थ्य

खुसीको खबर : वुहानका १४ अस्थायी अस्पतालहरु बन्द, सबै विरामी डिस्चार्ज- ‘हात हल्लाउँदै विदा भए’

  • एजेन्सी
  • २६ फाल्गुण सोमबार, २०७६ | १९:१५:०० मा प्रकाशित

वुहान । चीन हुवाबे प्रान्तको वुहान शहर जुन नोभल कोरोनाभाइरसको केन्द्र थियो, सोमबार धेरै अस्थायी अस्पतालहरु बन्द गरिएको छ । 

विरामीहरु सबै निको भएर डिस्चार्ज भएपश्चात अस्थायी अस्पतालहरु बन्द गरिएको हो ।

अस्थायी अस्पतालमा रहेका अन्तिम व्याचका ३४ विरामीहरु जियाङ्घानबाट स्थानीय समय अनुसार ३ बजे हिँडेर हात हल्लाउँदै घरतिर लागे ।

वुहान युनियन हस्पिटलका प्रेसिडेन्टले सबै विरामीहरुको उपचारपछि उनीहरुलाई डिस्चार्ज गरिएको बताए ।

विरामी गोले भनिन्, ‘उपचार पद्धति साह्रै राम्रो थियो । पारिवारिक वातावरणमा डाक्टरहरुले उपचार गर्नुभयो ।’

अस्थायी अस्पतालमा करिब १२ हजार विरामीलाई उपचार गरिएको थियो । 

पछिल्लो समय अन्यत्र भाइरसको संक्रमण फैलिएपनि चीनमा कोरोनाभाइरस संक्रमितको संख्या र मृत्युको संख्यामा गिरावट आएको यहाँको स्वास्थ्य विभागले जनाएको छ ।
 

एजेन्सी

तपाईँको मत