स्वास्थ्य

६२ हजार २ सय ७८ जनाले पछारे कोरोनाभाइरस

काठमाडौँ । चीनको वुहान शहरबाट सुरु भएको कोरोनाभाइरसबाट अहिलेसम्म ६२ हजार २ सय ७८ जना संक्रमितहरू निको भएर घर फर्केका छन् ।

उनीहरूले काेराेनाभइरसलाई पछार्दै घर फर्किएका हुन् ।

संसारभर भने भाइरसबाट मृत्युको संख्या बढ्दै गएको छ तर अधिकारीहरुले मृतकको अनुपातमा कमी आएको बताउँदै आएका छन् । 

वर्ल्डओमिटर डट इन्फो कोरोनाभाइरसको नेपाली समय सोमबार विहान ८ः५६ बजेसम्मको ताजा जानकारी अनुसार कोभिड-१९ का कारण संसारभरमा ३,८३० जनाको मृत्यु भएको छ । यस्तै भाइरसबाट संक्रमितको संख्या ११०,०६६ पुगेको जनाएको छ । 

उसको जानकारीले अहिलेसम्म कोरोनाभाइरस १०९ देशमा फैलिसकेको छ । 
 

गाउँ सहर डेस्क

तपाईँको मत