स्वास्थ्य

१७ देशमा कोरोनाभाइरसका कारण ३४ सय बढीको मृत्यु, एक लाख बढी संक्रमित (हेर्नुहोस् कहाँ कति मृत्यु र संक्रमित)

काठमाडौँ । संसारभर कोरोनाभाइरस फैलनेक्रम जारी छ । चीनमा शुक्रबार मात्र २८ जनाको मृत्यु भयो भने १७ देशमा अहिलेसम्म भाइरसका कारण मृत्यु हुनेको संख्या ३४०६ पुगेको छ । 

कोरोनाभाइरस संक्रमितको संख्या पनि १००३२९ पुगेका छन् । शुक्रबार डब्लूएचओले प्रकोपसँग सबै मिलेर लड्ने बताएको छ ।

चीन पछि द्रुत गतिमा फैलिएको भाइरसका संक्रमितहरु क्रमशः दक्षिण कोरियामा ६५९३, इरानमा ३५१३, जापानमा १०६५ र भारतमा ३१ जना पुगेका छन् । यस्तै भुटानमा नयाँ मामला १ जनामा पाइएको त्यहाँको स्वास्थ्य विभागले जनाएको छ । चीनमा थप २४२ जना नयाँ संक्रमितहरु थपिएका छन् । 

यस्तै अमेरिकामा १४ जनाको मृत्यु भएको छ भने २४८ जना चपेटामा छन् । इटलीमा १४८ जनाको मृत्यु भएको छ भने ३८५८ संक्रमित, इरानमा १०७ को मृत्यु तथा ३५१३ संक्रमित, जर्मनीमा ५४५ संक्रमित, फ्रान्समा ७ जनाको मृत्यु ४२३ जना संक्रमित, स्पेनमा ३ जनाको मृत्यु तथा २८२ संक्रमित, स्वीटजरल्याण्डमा १ जनाको मृत्यु तथा ११९ चपेटामा, सिंगापुरमा ११७ संक्रमित, ब्रिटेनमा १ जनाको मृत्यु र ११६ संक्रमित, हंगकंगमा २ जनाको मृत्यु र १०५ संक्रमित, स्वीडेनमा ९४ मा संक्रमण, अष्ट्रेलियामा १ को मृत्यु ५३ मा संक्रमण, थाइल्याण्डमा १ जनाको मृत्यु ४७ मा संक्रमण, ताइवानमा १ को मृत्यु ४४ मा संक्रमण, इराकमा २ जनाको मृत्यु र ३५ मा संक्रमण र सन मारिनोमा १ जनाको मृत्यु र २१ मा संक्रमण रहेको पुष्टि भएको छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत