विश्व

अमेरिकी सिनेटले कोरोनाभाइरस नियन्त्रणको लागि ८.३ बिलियन डलर बिल पास गर्यो

  • एजेन्सी
  • २३ फाल्गुण शुक्रबार, २०७६ | २१:०८:०० मा प्रकाशित
Photo : AP

वाशिंगटन । अमेरिकी सिनेटले कोरोनाभाइरस नियन्त्रणको लागि ८.३ बिलियन डलर बिल पास गरेको छ । 

सो बिल बिहिबार सिनेटले पास गरेको हो ।

अमेरिकामा कोरोनाभाइरसबाट १४ जनाको ज्यान गएको छ । भाइरस यहाँको १९ राज्यमा फैलिइसकेको छ भने २२८ जनामा संक्रमण देखिएको छ । 

बैज्ञानिकका अनुसार चिसोमा यो भाइरसको संक्रमण बढी हुने र अमेरिकामा अब चिसोको मौसम आउन लागेको छ । यसकारण पनि अमेरिकी प्रशासन यो भाइरस रोक्न सेना उतार्ने पक्षमा छ ।
 

एजेन्सी

तपाईँको मत