स्वास्थ्य

कोरोनाभाइरसबाट बच्नको लागि कार्यालयमा अपनाउनुहोस् सावधानी, डब्लूएचओले सुझायो गाइडलाइन्स्

काठमाडौँ । कोरोनाभाइरस लाई लिएर विश्व आतंकित बनेको छ । नेपालको अर्को छिमेकी भारतमा पनि २९ जना संक्रमितको पहिचान भइसकेको छ । अहिलेसम्म विश्वमा ३१ सय ९८ जनाको मृत्यु भइसकेको छ भने ९३ हजार बढीमा संक्रमण पाइएकाे छ ।

यो अवस्थामा सबैलाई सचेत रहनको लागि विभिन्न निर्देशिकाहरु विभिन्न स्रोतमार्फत जनतामा पुर्याउन लागिपरेका छन् । वर्ल्ड हेल्थ अर्गनाइजेशन (विश्व स्वास्थ्य संगठन) लगायत कयौँ सामुदायिक स्वस्थ्य अधिकारीले केही आधारभूत मार्गदर्शनहरु जारी गरेका छन् । यसलाई पालना गरेर कार्यालय वा काम गर्नेमा कोरोनाभाइरसको संक्रमण फैलनबाट रोक्न सक्छ । आउनुहोस जानौँ, कोरोनाभाइरसबाट बच्न के गर्ने ?

कार्यस्थललाई सफा राख्नुहोस्
आफिस अर्थात कार्यालयमा तपाईं ८ वा बढी घण्टा विताउनु हुन्छ, यो अवस्थामा इन्फेक्शन हुने खतरा बढी हुन्छ । अफिस जति नै सफा किन नहोस् तर तपाईं अफिस पुग्नेबित्तीकै आफ्नो वर्क स्टेशन सफा गर्नुपर्दछ । कम्प्युटरको किबोर्ड, माउस जस्ता चिज जुन पटक-पटक छुनुपर्छ त्यसलाई सफा गर्नुहोस् ।

डिस्पोजेबल वाइप्सको प्रयोग गर्नुहोस्
सेन्टर फर डिजीज कन्ट्रोलका अनुसार अफिसमा कर्मचारीलाई डिस्पोजेबल वाइप्स दिनु पर्दछ । ताकि उ सामान्य स्थान जस्तै, ढोकाको हेण्डल, नब, लिफ्टको बटन, रिमोट कन्ट्रोल, डेस्क आदि छुनुभन्दा अगाडि वाइप्सले सफा गर्नुहोस् । यसो गर्दा भाइरसको संक्रमण फैलनबाट रोक्न सकिन्छ ।

रुघा-खोकी हुँदा ध्यान दिनुहोस्
तपाईंलाई घाँटी खसखस, रुघा, कफ वा खोकीको समस्या भए वा अन्यमा भए आत्तिएर कोरोना भयो की भन्ने आशंका नगर्नुहोस् । तुरुन्त चेकअप गर्नुहोस् । साधारण फ्लू हुँदा मास्क, टिश्यू, जस्ता चिजहरुको प्रयोग गर्नुहोस् ।

स्वास्थ्य अलिक खराब भए घरमै बस्नुहोस्
ज्यान भए जहान हुन्छन भनेजस्तै तपाईंको स्वास्थ्य खराब छ भने घरमै आराम गर्नुहोस् । पूर्णतया ठिक भएर मात्र कार्यालय फर्कनुहोस् ।

गाउँ सहर डेस्क

तपाईँको मत