विश्व

इजरायलका प्रधानमन्त्री नेतन्याहूको अपील- संक्रमणबाट बच्नको लागि हात मिलाउनुको साटो नमस्ते गर्नुहोस्

  • एजेन्सी
  • २२ फाल्गुण बिहीबार, २०७६ | १०:५३:०० मा प्रकाशित

जेरुसलम । संसारभरमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ३१ सय नाघिसकेको छ । यही खतरालाई मध्येनजर गर्दै इजरायलका प्रधानमन्त्री बेंजामिन नेतान्याहूले आफ्नो देशका जनतालाई अभिवादन गर्न अपील गरेका छन् । 

नेतन्याहूले बुधबार भने, ‘जसरी म हात मिलाउनबाट बचिरहेको छु, त्यसरी नै तपाईं पनि गर्नुहोस् । तपाईं नमस्ते गर्न सक्नुहुन्छ । वा अन्य तरिका अपनाउन सक्नुहुन्छ ।’

चिकित्सकहरुका अनुसार हाच्छिउँ गर्दा निस्केको थुक या खकार फैलनाले कोरोनाभाइरसको जोखिम बढ्ने गर्दछ । तसर्थ संक्रमित व्यक्तिको सम्पर्कबाट दूरी राख्नुहोस, साथै हात साबुन पानीले धुने वा हेण्ड सेनिटाइजरको प्रयोग गर्न अन्तर्राष्ट्रिय संस्थाहरुले बताउँदै आएका छन् ।
 

एजेन्सी

तपाईँको मत