स्वास्थ्य

चीनमा कोरोनाभाइरसको प्रभाव कम हुँदै, संसारभरमा ३,१९८ को मृत्यु

Tehran on February 26. Ebrahim NorooziAP

बेइजिङ्ग । संसारभर अहिलेसम्म कोरोनाभाइरसबाट ३,१९८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ९३ हजार पुगेको छ । तर, महामारीको सबैभन्दा बढी प्रभावित चीनमा यो भाइरसको प्रभाव कम हुँदै गएको छ ।

चीनको हेल्थ कमीशन (एनएचसी) का अनुसार, मंगलबार ३८ जनाको मृत्यु भएको छ भने ११९ जनामा नयाँ संक्रमण देखिएको छ । अहिलेसम्म चीनमा २,९८१ जनाको मृत्यु भइसकेको छ भने ८०,२७० जनामा संक्रमण देखिएको छ । 

हेल्थ कमीशनका अनुसार मंगलबारसम्म गम्भीर मामलाको संख्या ६,४१६ बाट घटेर ३९० मा झरेको छ । २,६५२ विरामी रिकभरी पछि अस्पतालबाट विदा भएका छन् । चीनमा अहिलेसम्म ५०,६८१ जना निकाे भएर फर्किसकेका छन् । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत