विश्व

कोरोनाभाइरसको डरले ईरानले रिहा गर्यो ५४ हजार कैदी

  • एजेन्सी
  • २१ फाल्गुण बुधबार, २०७६ | ११:०२:०० मा प्रकाशित

कोरोनाभाइरसको संक्रमण फैलनबाट रोक्न ईरानले करिब ५४ हजार कैदीलाई अस्थाई रिहा गरेको छ ।

जुन जेलमा कैदीको संख्या धेरै छ र जेल भरिएको छ, त्यहाँ कोरोनाभाइरसको संक्रमण रोक्नको लागि यो कदम उठाइएको बताइएको छ । 

न्यायपालिकाका प्रवक्ता घोलमहुसैन इस्माइले पत्रकारलाई कैदीको जाँच गरिएको त्यसमा रिपोर्ट नेगेटिभ पाइएको र उनीहरुलाई अस्थाई रुपमा छाडिएको बताए ।
 

एजेन्सी

तपाईँको मत