गाउँ सहर

कोरोनाभाइरसबाट संसारभरमा अहिलेसम्म ३१ सयको मृत्यु

Photo : thenewyorktimes

काठमाडौँ । चीनको हुवेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको कोरोनाभाइरसबाट अहिलेसम्म संसारभरमा ३१ सयभन्दा बढीको मृत्यु भएको छ । 

सो भाइरसको संक्रमणले करिब ८९ हजारमा छोइसकेको छ भने ६५ देशमा यो भाइरस फैलिसकेको छ ।

यो भाइरसबाट चीन सबैभन्दा प्रभावित भएको छ । यो भाइरसको संक्रमणबाट चीनमा मृत्यु भएका ८० प्रतिशत ६० वर्षभन्दा माथि रहेको रिपोर्टले बताएको छ । 

विश्व स्वास्थ्य संगठन र चीनको तर्फबाट संयुक्त रुपमा तयार गरिएको रिपोर्टका अनुसार यो भाइरस संक्रमणबाट वृद्ध व्यक्तिको तुलनामा युवा पीढिमा कम देखिएको छ । रिपोर्टका अनुसार केवल २.४ प्रतिशत मात्र १८ वर्ष या सोभन्दा कम उमेरमा संक्रमित थिए । सत्तरी या सो भन्दा माथिका व्यक्तिको मृत्युदर ८ प्रतिशत छ भने ८० भन्दा बढी उमेका व्यक्तिमा यो दर १४.८ प्रतिशत छ ।

भाइरसको प्रकोपले इटली, इरान र दक्षिण कोरियामा संक्रमित संख्या बढाइदिएको छ । यस्तै अस्ट्रिया, क्रोएशिया, जर्मनी, स्पेन र स्वीटजरल्याण्डमा पनि भाइरसले चिन्ता थपिदिएको छ ।

घातक कोरोनाभाइरसको प्रकोपप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्र संघले संक्रमण रोक्नको लागि एक करोड ५० लाख अमेरिकी डलरको सहायता पेश गरेको छ । 

यता नेपालमा पनि ४ जना संक्रमितको आशंकामा उपचार गरिरहेको अवस्था छ । आधिकारीकता पुष्टि भने भएको छैन । चीनको छिमेकी राष्ट्र भएको कारणले पनि नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले बताइसकेको छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत