जीवनशैली

दैनिक यी ५ काम एकपटक गरेर हेर्नुहोस, बढ्न थाल्नेछ बैंक ब्यालेन्स

काठमाडौँ । यो दुनियाँमा हरेक चिजको सञ्चालन उर्जाले हुने गर्दछ । नजिक सकारात्मक उर्जा बनाइरहनको लागि वास्तुशास्त्रले कयौँ उपाय बताएको छ । सुख र समृद्धि प्राप्तिमा पनि वास्तुशास्त्रले विभिन्न कुराहरु आत्मसात गर्नुपर्ने बताउँछ ।

  1. रंगले जीवनमा सकारात्मकताको सञ्चार गराउँदछ । दिपावली वा अन्य शुभ कार्यमा घरको ढोकामा रंगोली बनाउने गरिन्छ । यसो गर्दा माता लक्ष्मीको कृपा बन्ने हुनाले घरमा रंगोली बनाउन नभुल्नुहोस् ।
  2. घरमा धूप, कपूर बाल्नुहोस र त्यसको धुवाँ घरभरी फैल्याउनुहोस् । कोशिष गर्नुहोस कि सुगन्धित धुवाँ हरेक कोठाको कुना कुनामा पुगोस् । यसो गर्दा घरमा सकारात्मक उर्जा प्राप्त हुन्छ ।
  3. यो कुरा उट्पट्याङ लाग्न सक्छ तर वास्तुशास्त्रमा दायाँ खुट्टाको छापले सकारात्मक उर्जा प्रदान गर्दछ । घर होस या कार्यालय जहाँपनि कोशिष गर्नुहोस कि दायाँ कदम होस् ।
  4. सरसफाई गर्दा ध्यान दिनुहोस कि पोछा लगाउँदाको कालो पानी कहिल्यैपनि घर वा वाथरुममा नहाल्नुहोस् । घरको सफाई पछि त्यस्तो फोहोर पानी घर बाहिर फ्याँक्नुहोस् । 
  5. भनिन्छ कुनैपनि भोकालाई रोटी दिनु सबैभन्दा पुण्य कार्य हो । यस्तै जनावरलाई रोटी दिँदा घरमा सकारात्मक उर्जाको वास हुने गर्दछ । कोशिष गर्नुहोस जनावरलाई खाना दिन । विश्वासको आधारमा लेखिएको यो आलेखमा हाम्रो दावी भने छैन ।

गाउँ सहर डेस्क

तपाईँको मत