जीवनशैली

दुब्लो-पातलो पुरुषको तुलनामा मोटो व्यक्ति गर्दछन धेरै सेक्स : अध्ययन्

Photo : image-menshealth

यदि तपाईं ओभरवेट हुनुहुन्छ, तौल धेरै छ र मोटोपनाको शिकार हुनुभएको छ भने तपाईं स्वास्थ्यसँग जोडिएका धेरै समस्याहरुको सामना पक्कैपनि गरिरहनुभएको हुनुपर्छ । तपाईंको लुक र ओभरअल पर्सनालिटीमा तपाईंको बढी तौलले नकारात्मक असर पुर्याइरहेको हुन्छ । तर यस्तो लाग्छ कि पुरुषको सेक्सलाइफ यो मामलामा अपवाद छ ।

केही दिन पहिले भएको एक अध्ययनलाई आधार मान्ने हो भने पुरुषको जिनको वजन र बीएमआई बढी छ भने उनीहरु सेक्स बढी गर्दछन, ति पुरुषको तुलनामा जसको वजन कम र दुब्लो-पातलो हुन्छ ।

यूकेको ऐन्गलिया रस्किन यूनिभर्सिटीका वैज्ञानिक र अनुसन्धानकर्ताले ब्रिटेनका करिब ५ हजार सेक्शुअली एक्टिभ पुरुषको विश्लेषण गर्यो र उनीहरु यो नतिजामा पुगे कि मोटा पुरुष, दुब्ला-पातला पुरुषको तुलनामा बढी सेक्स गर्दछन् । पिएलओएस वन नामको जर्नलमा यो अध्ययन प्रकाशित भएको छ ।

अनुसन्धानकर्ताले यो रिपोर्टलाई मान्ने हो भने हैरान हुने कुरा यो छ कि मोटोपनाबाट ग्रसित पुरुष जसको शरीरमा मासु अधिक थियो उनीहरुमा पातलो पुरुषको तुलनामा आफ्नो शरीरलाई लिएर कम मुद्धा देखियो । यही कारणले उनीहरुमा बढी सेक्स गर्ने कन्फिडेन्स मिल्यो ।

बढी वजन भएका महिला पनि गर्दछन बढी सेक्स
केवल पुरुषमात्र नभएर महिलामा पनि यही मुद्धा देखिएको छ । अनुसन्धानकर्ताले यो पनि पाए कि ओभरवेट महिलापनि कम वजन भएका महिलाको तुलनामा १६ प्रतिशत बढी सेक्स गरे । यो एक यस्तो अध्ययन हो जसमा पहिलो पटक कुनै व्यक्तिको वजन र उसको इन्टरकोर्सको फ्रिक्वेंसीबीच सम्बन्ध छ, यो कुरा सावित भयो । साथै अध्ययनमा यो कुरा पनि थाहा भयो कि ओभरवेट तथा मोटा व्यक्ति आफ्नो सम्बन्धमा बढी खुसी र सन्तुष्ट हुन्छन् ।

अर्को अध्ययन भन्छ- मोटोपनाबाट हुन्छ सेक्सुअल प्रोब्लम
मोटोपनाबाट ग्रसितहरुका लागि यो अध्ययनले थोरै राहत पुर्याउन सक्छ । तर हामीले यो कुरा पनि जान्नु जरुरी छ कि धेरै अध्ययनमा यो कुरा सावित भइसकेका छन कि धेरै तौल हुनेको सेक्सुअल प्रोब्लम हुन्छ । एक अन्य रिपोर्टका अनुसार मोटोपनाबाट ग्रसित व्यक्ति करिब ३० प्रतिशतमा सेक्स ड्राइभको कमी हुने गर्दछ । सेक्स गर्ने इच्छामा कमी हुने गर्दछ । सेक्सुअल परफरमेन्सप्रति असर पर्दछ, इरेक्टाइल डिस्फंक्सनको पनि दुःख हुन सक्छ ।

स्वस्थ शरीर र स्वस्थ दिमागबाटै सेक्स लाइफ पनि रहन्छ स्वस्थ
बटम लाइनमा हेर्ने हो भने मानिसहरुले यो कोशिष गर्नुपर्दछ कि वजन र बीएमआई दुबै परफेक्ट होस र केवल अर्कालाई देखाउनको लागि वेटलस गर्ने कुरा नसोच्नुहोस, गर्नुहुँदैन । किनकी एक स्वस्थ शरीर र स्वस्थ दिमागबाटै तपाईंको सेक्स लाइफ स्वस्थ हुन सक्दछ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत