प्रेरणा

जीवनमा चाणक्यको यो कुरा अनुसरण गरेमा असफल कहिल्यै भइन्न

काठमाडौँ । जिन्दगीमा हरेक कुनै सफलताको स्वाद लिनु सबैको चाहना हो । यसको लागि सबैले अलग-अलग तरिकाबाट कोशिष गरिरहेका हुन्छन् । चाणक्यको सफलता प्राप्त गर्ने यो कुरा तपाईंलाई महत्वपूर्ण हुन सक्छ । चाणक्यले भनेका कुरा अहिलेपनि उत्तिकै सान्दर्भिक र व्यवहारिक बनेको छ ।

प्रभूतंकार्यमल्पंवातन्नरः कर्तुमिच्छति।
सर्वारंभेणतत्कार्यं सिंहादेकंप्रचक्षते॥

यो श्लोकमा भनिएको छ कि जसरी सिंह आफ्नो शिकार गर्दछ, त्यस्तै तपाईं पनि सफल हुन सक्नुहुन्छ । चाणक्यका अनुसार जसरी सिंह पूर्ण तरिकाले एकाग्र भएर आफ्नो शिकारप्रति हमला गर्दछ र आफ्नो शिकार पाउन सफल हुन्छ त्यस्तै तपाईं जिन्दगीमा सफल हुन सक्नुहुन्छ ।

यसको तात्पर्यः तपाईं जे काम पनि एकाग्र भएर गर्नुहुन्छ, सो कार्यमा सफलता प्राप्त गर्नुहुन्छ र सफल बन्न सक्नुहुन्छ ।
 

गाउँ सहर डेस्क

तपाईँको मत