गाउँ सहर

जय शम्भाे ! महाशिवरात्रीमा पशुपतिनाथ क्षेत्रमा फूल र बत्तिकाे झिलीमिली (फाेटाेफिचर)

काठमाडाैं । महाशिवरात्री पर्वको पूर्वसन्ध्यामा विश्वका हिन्दूहरुका आराध्यदेव पशुपतिनाथ विराजमान रहेको पवित्र पाशुपत क्षेत्रमा फूल र बत्तिकाे झिलीमिली छ ।

भाेली अर्थात फागुन ९ गते महाशिवरात्री पर्व । नेपालमा महाशिवरात्री पर्वको प्राचीन कालदेखि नै महत्त्व रहँदै आएको थियो । महाशिवरात्रीको बेला काठमाडाैंकाे पशुपतिनाथमा मात्र होइन सबैतिरका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लाग्ने गर्दछ।

शिवलाई वैदिक दर्शनले महान् आत्मा मानेको छ । शिव चिन्तन भन्नु अन्तरदेखि देखिने साक्षात्कार दृश्य झल्झली देखिनु हो । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ ।

सम्पूर्ण दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने शिवको अति प्यारो दिनका रूपमा महाशिवरात्रीको दिनलाई लिइने प्रचलन छ । व्रतमा सर्वाेत्तम व्रतका रुपमा लिइने यस दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको पि्रय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

तस्वीर : गाउँ सहर डट कम- श्रीराम खनाल

गाउँ सहर डेस्क

तपाईँको मत