प्रेरणा

महाशिवरात्रीः शिवको आराधना गर्दा शनि, गुरु र शुक्रको दोषबाट मुक्ति

काठमाडौँ । यसपटक फाल्गुण ९ गते अर्थात फेब्रुअरी २१ मा महाशिवरात्री छ । महाशिवरात्री ९ गते साँझ ५ बजेर ३१ मिनेटबाट सुरु भएर १० गते शनिबार साँझ ७ बजेर ९ मिनेटमा समाप्त हुनेछ । 

मुहूर्त यस्तो छ
सृष्टिको प्रारम्भमा यो दिन मध्यरात्री भगवान शंकरको ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएको थियो । प्रलयको समयमा यहि दिन प्रदोषको समय भगवान शिव ताण्डव गर्दै ब्रम्हाण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गरिदिन्छन । यसकारण यो महाशिवरात्री अथवा कालरात्री पनि भनिएको हो । महाशिवरात्रीमा गरिएको पूजा अर्चना, जप, दान आदिको फल कयौँ हुने गर्दछ ।

यस्तो छ पौराणिक कथा
पौराणिक कथा अनुसार एक व्यक्ति जो शिवका परम भक्त थिए, एकपटक जंगलमा हराए । धेरै रात परेको थियो यसकारण उसलाई घर जाने बाटो मिलिरहेको थिएन । अंध्यारोको कारण उनी जनावरसँग बच्न एउटा रुखमा चढे । तर उनलाई यो कुराको डर थियो कि यदि उनी सुते भने रुखबाट लड्न सक्छन र जनावरले खान सक्छ । यसकारण उनी रातभर जागा बस्दै भगवान शिवको नाम लिएर रुखको पत्ता चुँड्दै फ्याल्दै बसे । जब विहान भयो उनले राति रुखको हजार पात चुँडेर शिवको लिंगमा फ्यालेका थिए । जुन पत्ता उनी चुँड्दै झार्थे त्यो बेलको रुख थियो ।

यसरी अनजानमा उनले रातभर शिवको पूजा गरिरहेका थिए । सो कार्यबाट खुसी भएर शिवले उनलाई आशिर्वाद दिएका थिए ।

शिवको आराधनाबाट कष्ट दूर
ज्योतिषहरुका अनुसार महाशिवरात्रीमा ११७ वर्षपछि शनि र शुक्रको दुर्लभ योग बनेको छ । यो वर्ष महाशिवरात्रीमा शनि आफ्नो स्वयंको राशि मकरमा र शुक्र ग्रह आफ्नो उच्च राशि मीनमा रहने छ । यी दुई ठूला ग्रह महाशिवरात्रीमा यो अवस्थामा रहनु यो एक दुर्लभ योग हो । भनिन्छ कि यो भन्दा पहिले यस्तो सन् १९०३ मा बनेको थियो । यो योगमा भगवान शिवको आराधना गर्दा शनि, गुरु र शुक्रको दोषबाट मुक्ति मिल्न सक्छ ।

गाउँ सहर डेस्क

तपाईँको मत