प्रेरणा

‘चिन्ता समस्या हो, चिन्तन त्यसको समाधान’

काठमाडौँ । मनुष्यको जीवनमा जिउने दुई बाटा छन— चिन्ता र चिन्तन । केही व्यक्ति चिन्तामा जिउँछन भने केही चिन्तनमा । चिन्तामा हजारौँ मानिस जिउँछन र चिन्तनमा दुइ-चार मात्र जिउने गर्दछन् । चिन्ता स्वयँ एक समस्या हो र चिन्तन त्यसको समाधान । चिन्ता हुँदा सजिलो भन्दा सजिलो कामपनि मुश्किल लाग्छ भने चिन्तनबाट मुश्किल कामपनि सजिलो बन्ने गर्दछ ।

जीवनमा हामीलाई यसकारण पनि पराजय प्राप्त हुन्छ किनकी हाम्रो प्रयास धेरै थोरै हुने गर्दछ । हाम्रो सोच जति छोटो हुन्छ, त्यति नै चिन्ता बढ्ने गर्दछ । हाम्रो सोच जति ठूलो हुन्छ त्यति नै काम गर्ने स्तर पनि श्रेष्ठ हुने गर्दछ । जीवनमा सबैमा कठिनाई आउने नै गर्छ तर चिन्ताले समस्याको हल निकाल्न सकिँदैन । चिन्ताले हाम्रो सोच्ने क्षमतालाई अवरुद्ध गर्दछ र यही अवरोध हाम्रो दुःखको कारण बन्दछ ।

कुनैपनि समस्या आउँदा त्यसको समाधानको लागि विवेकपूर्ण निर्णय भनेको चिन्तन हो । चिन्तनशिल व्यक्तिको लागि कुनै न कुनै मार्ग अवश्य मिल्दछ । उसँग विवेक छ र उ समस्याको अगाडिबाट हट्दैन मात्र लड्छ पनि । समस्याको अगाडि डट्नु, समस्यालाई डटेर मुकाबला गर्नु नै आधा सफलता प्राप्त गर्नु हो ।

यदी तपाईं अध्यात्मवादी हुनुहुन्छ भने चिन्तन गर्नुहोस् । आस्था मार्गको नाममा विश्वास गर्नुभन्दा ठूलो कुनै श्रेष्ठ चिन्तन हुँदैन र चिन्ताको निवारण पनि हुन सक्दैन ।
 

गाउँ सहर डेस्क

तपाईँको मत