विश्व

चीनमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या १६ सय नाघ्यो

  • एजेन्सी
  • ३ फाल्गुण शनिबार, २०७६ | १४:३२:०० मा प्रकाशित

बेइजिङ्ग । चीनमा कोरोनाभाइरसबाट अहिलेसम्म १६३१ जनाको मृत्यु भएको छ भने ६७, ५३५ मा संक्रमण भएको पुष्टि भएको छ ।

नेशनल हेल्थ कमिशनका अनुसार शुक्रबार मात्र हुबेई प्रान्तमा २४२० नयाँ संक्रमितको मामला पाइएको थियो । पछिल्लो २४ घण्टामा चीनमा १४३ जनाको मृत्यु भइसकेको छ । हुबेई प्रान्तमा मात्रै १३९ जनाको मृत्यु भएको छ । चीनका ३१ प्रान्तमा कोरोनाभाइरसबाट प्रभावित छ ।

हुबेई प्रान्तमा अहिलेसम्म ५४ हजार ४०६ संक्रमित पुष्टि भएको छ । 
 

एजेन्सी

तपाईँको मत