जीवनशैली

छोरीले दाइजोमा आफ्नो तौल बराबरको किताब मागिन्, बुवाले ६ महिनामा २२०० किताब जुटाए

गुजरात, भारत । पराई घर विदा गर्दा आमरुपमा मानिसहरु आफ्नो छोरीलाई उपहारको रुपमा गरगहना, कपडा, हिरामोति, सुनचाँदी, पैसा आदि दिन्छन् । तर, गुजरातको राजकोटमा एक बुवाले आफ्नो छोरीको विवाहमा उनको तौल बराबरको करिब २२०० किताब दिए । विवाह आउने बिहिबार हुँदैछ ।

नानमवामा बस्दै आएका शिक्षक हरदेव सिंह जाडेजाकी छोरी किन्नरी बा लाई सानैदेखि किताब पढ्ने शौख थियो । उनको घरमा ५०० किताबको लाइब्रेरी छ । जब उनको विवाह वडोदराका इन्जिनियर पूर्वजीत सिंहसँग भयो उनले बुवासँग विवाहमा आफ्नो वजन अनुसारको किताब दिँदा सन्तुष्टि मिल्ने बताइन् । त्यसपछि बुवा हरदेव सिंहले छोरीको इच्छा पुरा गर्ने सोच बनाए । पूर्वजीत सिंह क्यानडामा बस्छन् ।

छोरीको मागपछि हरदेव सिंहले पहिले मनपर्ने किताबको सूची बनाए । फेरि ६ महिनासम्म दिल्ली, काशी र बेंगलुरुसमेत कयौँ सहरबाट किताब संकलन गरे । यसमा महर्षि वेद व्यासदेखि आधुनिक लेखकको अंग्रेजी, हिन्दी र गुजराती भाषाका किताब छन् । उनले भने— छोरीसँगै यी किताबलाई पनि गाडीमा राखेर विदा गर्नेछु । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत