जीवनशैली

साँझ ६ बजेपछि खाना खानु मुटुको लागि नराम्रो, टाइप २ डायबिटीजको आशंका बढी

लण्डन । वर्षौंदेखि नेपालमा सूर्यास्त पूर्वको खाना खाने मान्यतामा अमेरिकी शोधकर्ताहरुले पनि रुजु गरेका छन् । दावी यो छ कि यदी तपाईं साँझ ६ बजेपछि भोजन गर्नुहुन्छ, यसले मोटोपना र टाइप २ डायबिटीजको खतरा हुन सक्दछ । जब स्वस्थ हुने कुरा आउँछ तब ‘हामी के खान्छौँ’ सँगै यो पनि अहम हुन्छ कि ‘हामी कतिबेला खान्छौँ ।’

शोधकर्ताहरुका अनुसार शरीरले आफ्नो आन्तरिक घडी अनुसार प्रतिक्रिया गर्दछ । रात्रिको समयमा पाचन तन्त्रले कम लार बनाउँछ । पेटले पाचक रसको उत्पादन कम गर्दछ । भोजनलाई अगाडि बढाउनेवाला आहार नलीले कम काम गर्दछ र हार्मोन इन्सुलिनप्रति कम संवेदनशील हुन्छ । शरीरको आन्तरिक घडीमा शोध गर्ने क्यालिफोर्निया साक इन्स्टीच्यूटका प्राध्यापक सचिन पाण्डाका अनुसार- शरीरले आन्तरिक घडीको पालना गर्दछ ।

मूसामा गरिएको शोधको आधारमा यो दावी
यो कुरालाई पुष्टि गर्नको लागि दुइ मूसालाई एक समान क्यालोरीको भोजन दिइयो । यी दुइबीचको अन्तर यति थियो कि पहिलो समूहको भोजनसम्म पुग्न २४ घण्टा थियो जबकि अर्को समूहलाई दिनको ८ घण्टा मात्र भोजन दिइयो । केही दिनपछि पहिलो समूहको वजन बढ्यो । सो समूहमा उच्च कोलेस्ट्रोल र टाइप २ डायबिटीज जस्ता लक्षण देखिन थाले । जबकि जुन समूहलाई समयमा भोजन दिइएको थियो, उ स्वस्थ थियो । महत्वपूर्ण कुरा त यो छ कि दोस्रो समूहमा टाइप २ डायबिटीजसँग लड्ने क्षमता विकसित भयो ।

आन्द्राले मर्मत गर्ने मौका अपरिहार्य
अमेरिकन हार्ट एसोसिएशनको शोध अनुसार जो व्यक्ति सुत्नुभन्दा १ घण्टा अगाडि भोजन गर्दछ, उ अफ्नो ब्लड सुगर स्तरलाई नियन्त्रीत गर्न सक्दैन जति चाँडै भोजन गरेकाको हुन्छ । प्राध्यापक पाण्डा यो मान्दछन कि समयवद्ध भोजन स्वास्थ्यको लागि अत्यन्तै ठिक हुन्छ, किनकी यसले आन्द्राले आफैँ सम्हाल्ने वा मर्मत गर्ने मौका पाउँदछ ।

पटक-पटक भोजनको समय नबदल्नुहोस्
दैनिक पाचनको समयमा आन्द्राको १० मध्ये एक कोशिका क्षतिग्रस्त हुने गर्दछ । ढिलो राति खाना र विहान चाँडै ब्रेकफास्ट गर्दा उसले मर्मत र सुधारको समय कम पाउँदछ । यसकारण दिनमा पनि खानाको समय निर्धारण गर्नुहोस र त्यसमै स्थीर रहनुहोस । किनकी अप्रत्याशित समयमा खाना खाँदा पाचन प्रणाली गडबड हुन जान्छ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत