विश्व

बाढीको कारण १० घण्टा फँसेका व्यक्तिलाई यसरी बचाए

  • एजेन्सी
  • २८ माघ मंगलबार, २०७६ | १६:३७:०० मा प्रकाशित

सिड्नी । अष्ट्रेलियामा बाढीको कारण रुखमा फँसेका एक व्यक्तिलाई १० घण्टापछि उद्धार गरेका छन् । 

न्यू साउथ वेल्समा चार दिनदेखि भारी वर्षा भइरहेको र ति व्यक्ति ब्रोगो नदीमा सोमबार टहलाइरहेका थिए । तर अचानक आएको बाढीका कारण नदीको जलस्तर बढ्यो र उनी फँसेका थिए ।

प्रहरीका अनुसार सोमबार साँझ ६ बजे बाट मंगलबार विहान ४ बजेसम्म उनि फँसिरहे । सबैभन्दा पहिले एक स्थानीय व्यक्तिले देखे र रेस्क्यू गरे । आपद प्रवन्धनका अधिकृतका अनुसार अवस्था ठिक थिएन । बाढीबाट जोगाउनु ठूलो चुनौति थियो ।

मौसम विभागमा अनुसा पछिल्लो चार दिनमा न्यू साउथ वेल्समा ३९१.६ मिली वर्षा भएको छ । योभन्दा पहिले सन् १९९० मा ४१४.२ मिली वर्षा भएको रेकर्ड छ । मौसम विभागले अझै भारी वर्षा हुने बताएको छ । 
 

एजेन्सी

तपाईँको मत