कला

‘पारासाइट’, पहिलो नन इङ्ग्लिस बेस्ट फिल्म, ‘जोकर’का फीनिक्स बेस्ट एक्टर र ‘जूडी’ की रिनी जेलवेगर बेस्ट एक्ट्रेस

लस एन्जलस ।  ९२ औँ एकाडेमी अवार्डकाे आयोजना आइतबार राति हलिउडकाे डाल्बी थिएटरमा भयो । फिल्म समीक्षकको दावी झुटो सावित हुँदै दक्षिण कोरियन फिल्म पारासाइट ले बेस्ट पिक्चरको अवार्ड हाता पारेर इतिहास रच्यो ।

पारासाइट ओस्कार जित्ने पहिलो गैरअंग्रेजी फिल्म बन्न सफल भयो । बेस्ट एक्टरको अवार्ड जोकरको लागि वाकिन फीनिक्सलाई मिल्यो । फिल्म जूडीको लागि जेलवेगर बेस्ट एक्ट्रेस चुनिइन् । पारासाइटको लागि बान्ग जूनले बेस्ट डाइरेक्टरको अवार्ड जिते ।

कसले के जित्याे ?

  • बेस्ट डकुमेन्ट्री अवार्ड पूर्व राष्ट्रपति बाराक ओबामाको प्रोडक्सनमा बनेको ‘अमेरिकन फैक्ट्री’ ले जित्यो ।
  • बेस्ट सपोर्टिंग एक्टर ‘वान्स अपन ए टाइम इन हलिउड’ को लागि ब्रेड पिटले पाए ।
  • बेस्ट सपोर्टिंग क्याटगोरीमा बेस्ट एक्ट्रेसको अवार्ड ‘मेरिज स्टोरी’ को लागि लारा डर्न ।
  • फिल्म ‘रकेटमेन’ को आइ एम गोना लव मी अगेन गीतको लागि एल्टन जोनलाई बेस्ट ओरिजनल सङ्ग अवार्ड प्राप्त भयो ।
  • ‘जोकर’ को लागि हिल्डर गुडनाडोतिरलाई बेस्ट ओरिजनल स्कोर अवार्ड ।
  • बेस्ट मेकअप र हेयरस्टाइल अवार्ड ‘बम्बशैल’ को लागि काजू हिरो, एने मार्गन र विवियन बेकले जिते ।
  • बार एपिक ‘१९१७’ ले बेस्ट भिजुअल इफेक्ट्स अवार्ड जित्यो ।
  • फोर्ड भि फरारीको लागि माइकल मेकस्कर र एंड्रयू बकलैंडले जित्यो बेस्ट फिल्म एडिटिंगको अवार्ड ।
  • ‘१९१७’ को लागि रोजर डीकिंसलाई मिल्यो बेस्ट सिनेमेटोग्राफी अवार्ड ।
  • बेस्ट स्क्रीन प्ले अवार्ड डाइरेक्टर बान्ग जूनलाई मिल्यो । यो अवार्ड उनलाई कोरियन फिल्म पारासाइटको लागि दिइएको हो ।
  • एडाप्टेड स्क्रीनप्ले क्याटगोरीमा ‘जोजो रेबिट’ को लागि ताइका वतीतीलाई चुन्यो ।
  • ‘टाय स्टोरी ४’ बेस्ट एनिमेटेड फिल्म बन्यो ।
  • बेस्ट एनिमेटेड शर्ट फिल्मको अवार्ड ‘हेयर लभ’ ले प्राप्त गर्यो ।
  • ‘हेयर लभ’ को डाइरेक्टर मेथ्यू चेरीले अवार्ड दिवंगत कोबे ब्रायंटलाई समर्पित गरे ।
  • यो वर्ष बेस्ट लाइभ एक्शन शर्ट फिल्म ‘द नेबर्स विंडो’ बन्यो । एजेन्सीकाे सहयाेगमा
     

गाउँ सहर डेस्क

तपाईँको मत