विश्व

संसारको सबैभन्दा महँगो देश स्वीटजरल्याण्ड, सस्तो पाकिस्तान

न्यूयोर्क । यूरोपिय देश स्वीटजरल्याण्ड, जसको जनसँख्या ८६ लाख छ । उ संसारको सबैभन्दा महँगो देशको सूचीमा पहिलो स्थानमा छ । ५३.६ लाख जनसँख्या भएको देश नर्बे दोश्रो र ३.६३ लाख जनसँख्याको आइसल्याण्ड तेस्रो स्थानमा छ । 

यस्तै महँगो सूचीमा चौथोमा जापान, पाँचौँ डेनमार्क, छैटौँमा बाहमास, सातौँमा लग्जमबर्ग, आठौँमा इजरायल, नवौँमा सिंगापुर र दशौँमा साउथ कोरिया रहेका छन् ।

सस्तो देशको सूचीमा पाकिस्तान पहिलो स्थानमा, अफगानिस्तान दोस्रो र भारत तेस्रो स्थानमा छ । चौथोमा सिरीया, पाँचौँ उजुक्बेस्थान, छैटौँ किर्गिस्थान, सातौँमा ट्यूनिशीया, आठौँमा भेनेजुएला, नवौँमा कोसोवो र दशौँमा जर्जिया रहेका छन् ।

अमेरिकाको बिजनेस म्यागेजिन सीईयो वर्ल्डले संसारका १३२ देशको सर्वे गरेर यो सूची जारी गरको हो ।

सर्वेको लागि म्यागेजिनले तीन आधार तय गरेको थियो । यी देशमा बस्ने ठाउँको भाडा, किरानाको सामान र रेस्टुराँमा खानपानको रकमलाई समावेश गरेको थियो । विशेषज्ञले कपडा, ट्याक्सीको भाडा, इन्टरनेटको मूल्यलाई पनि समावेश गरेका थिए । यसैको आधारमा म्यागेजिनले नम्बरको आधारमा यो रेंकिंग गरेको छ । यीनीहरुमा स्वीटजरल्याण्डलाई सबैभन्दा बढी १२२ अंक प्राप्त भएको छ । पाकिस्तानलाई २१.९८ अंक मिलेको थियो । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत