विश्व

पानीमा तैरिइरहेको होटल, २ वर्षमा बन्यो

स्टकहोम । स्वीडनको उत्तरी भाग लैपल्याण्ड क्षेत्रमा ल्यूल नदीमा एउटा तैरिइरहेको होटल र स्पा ‘द आर्कटिक बाथ’ मंगलबारदेखि सञ्चालनमा आएकोछ । यहाँ काठका टुक्रा अर्थात लकडीबाट तैरिइँदै बाटो र डुंगाको माध्यमबाट होटलमा पुग्न सकिन्छ ।

ग्राहक एयरपोर्टबाट होटल पुग्नको लागि कार, हेलिकोप्टरको प्रयोग पनि गर्न सक्छन् । होटलमा १२ कोठा छन् । यो होटल सन् २०१८ बाट बनाउन सुरु गरिएको थियो । यसलाई आर्किटेक्ट बर्टिल हैरस्ट्रम र जोहान कोप्पीले डिजाइन गरेका थिए । होटल बनाउँदा प्राकृतिक अवस्थामै राख्नको लागि पूर्णतया ध्यान दिइएको छ ।

यसलाई लिएर मानिसहरुमा यस्तो इच्छा छ कि सन् २०२० र २०२१ को लागि बुकिङ्ग सुरु भइसकेको छ । यहाँ एक दिनको भाडा ८१५ पाउन्ड रहेको छ । यो होटल गर्मीको मौसममा नदीमा तैरिन्छ, तर जाडोमा जब नदी जम्छ होटल पनि पानीसँगै फिक्स हुने गर्दछ । एजेन्सीको सहयोगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत