प्रेरणा

यसकारण घरमा जलाईन्छ दियो, ऊँ शान्ति शान्ति शान्ति

काठमाडौँ । हिन्दु धर्ममा देवी देवतालाई प्रार्थना गर्न र उनीलाई आफ्नो इच्छा व्यक्त गर्नको लागि पूजा एक परम्परा हो । यसले भगवानमा श्रद्धा र आस्था व्यक्त पनि गर्दछ । पूजा अलग अलग दिन, बार, र पर्वमा विभिन्न तरिकाले गरिन्छ । पूजामा दियोको विशेष महत्व हुन्छ । दियो जलाउनु सबै प्रकारको पूजामा अपरिहार्य मानिन्छ । पण्डीतहरुका अनुसार पूजामा दियो बाल्नुको यी हुन विशेष महत्वहरुः

दियो अर्थात उज्यालो प्रकाशको प्रतिक हो । दियो बाल्दा अन्धार दूर हुने, हिन्दु धर्मका अनुसार अन्धकार नकारात्मक तत्वको रुपमा मानिन्छ । दियोले नकारात्मक उर्जा नष्ट गरेर सकारात्मक उर्जा फैल्याउने गर्दछ ।

दियोको काम प्रकाश फैल्याउनु हो । प्रकाश सकारात्मक उर्जाको प्रतीक हो । यसले कष्ट र दुःखको अन्त्य गर्दछ । मानसिक सन्तुष्टि प्राप्त हुने गर्दछ । शास्त्रमा बताइएको छ कि ‘असतो मा सद्गमय । तमासो मा ज्योतिर्गमया । मृत्योर्मामृतं गमय ।। ऊँ शान्ति शान्ति शान्ति ।’ अर्थात मुष्य सबै दोषलाई त्यागेर शुभ कार्यतर्फ प्रेरित हुन्छ ।

दीप प्रज्वलनबाट निस्किएको तत्वले घरमा हानिकारक र विषाणु नाश गरेर शुद्ध वातावरण निर्माण गर्दछ । यसले औषधिको काम पनि गर्दछ ।

तेलबाट बलेको दियोको प्रभाव निभेको आधा घण्टापछि सम्म रहन्छ र घीउबाट बलेको दियोको प्रभाव निभेको करिब चार घण्टापछि सम्म पनि रहन्छ । गाइको दूधबाट बनेको घीउले दियो बाल्नु सबैभन्दा बढी लाभदायक हुन्छ । घीउमा चर्म रोग भगाउने गुण हुने विश्वास छ ।

जुन दीप प्रज्वलन गरिरहेको हुन्छ त्यो फुटेको हुनु हुँदैन । धार्मिक अनुष्ठानमा खण्डित वस्तु शुभ मानिँदैन । एक दियोबाट अर्को दियो बाल्नु पनि शुभ मानिँदैन ।
 

गाउँ सहर डेस्क

तपाईँको मत