स्वास्थ्य

कोरोनाभाइरसका कारण चीनमा अहिलेसम्म ४२६ जनाको मृत्यु, भारतको केरलामा आपतकालिन घोषणा

काठमाडौँ । चीनमा मंगलबारसम्म कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ४२६ पुगेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार, चीनमा अहिलेसम्म २०,३८३ जनमा भाइरसको संक्रमण देखिएको पुष्टि भएको छ । 

कोरोनाभाइरसकै कारण भारतको केरला सरकारले सोमबार आपतकालिन घोषणा गरेको छ । सो राज्यमा तीन घटना पुष्टि भइसकेको छ जाे चीनको वुहानबाट फर्किएका थिए ।

कोरोनाभाइरसका कारण चीनका १५ भन्दा बढी सहरहरु लकडाउन गरिएको छ । ६ करोड जनसंख्यालाइ आउन-जान बन्देज गरिएको छ ।

कोरोनाभाइरसको पहिलो घटना डिसेम्बर २०१९ मा चीनको वुहानमाबाट आएको थियो । यो अहिलेसम्म २० भन्दा बढी देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठनले ३१ जनवरीमा ग्लोवल हेल्थ इमरजेन्सी घोषणा गरेको थियो ताकि अन्य देशले कदम उठाउन सकोस् ।

अहिलेसम्म जापानमा २०, थाइल्याण्डमा १९, सिंगापुरमा १८, हङ्कङ्मा १५, दक्षिण कोरियामा १५, अस्ट्रेलियामा १२, जर्मनी र ताइवानमा १०-१०, अमेरिकामा ९, मकाउ र मलेशियामा ८-८, फ्रान्स र भियतनाममा ६-६, यूएईमा ५, क्यानडामा ४, इटली, रुस, फिलिपिन्स, ब्रिटेन र भारतमा २-२, नेपाल, कम्बोडिया, स्पेन, फिनल्याण्ड, स्वीडेन र श्रीलंकामा १-१ जनामा यो भाइरसको पुष्टि भएको छ । एजेन्सीकाे सहयाेगमा
 

गाउँ सहर डेस्क

तपाईँको मत